‘जाउँ गुरु’ राइड सेयरिङ एप सार्वजनिक

‘जाउँ गुरु’ राइड सेयरिङ एप सार्वजनिक


जाउँ गुरु प्रा.लि.ले ‘जाउँ गुरु’ राइड सेयरिङ एप सार्वजनिक गरेको छ ।  

आईतवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै युवा व्यवसायीहरु खुशी लिम्बू,इन्द्रहाङ लिङदेन र दिवाकर अर्यालले जाउँ गुरु प्रा.लि.मार्फत नयाँ राइड सेयरिङ एप सार्वजनिक गरेका हुन् । नेपालमा अन्य राइडर एपहरुको भन्दा फरक सेवा सुविधासहित नेपालमा नै बनाइएको जाउँ गुरु एप बजारमा आएको हो । 

यो एपमा मोटरसाइकल र ट्याक्सी राइडरहरुले एपसँग आवद्ध भएर यात्रुहरुलाई चढाउँदा समेत शुल्क नलाग्ने प्रा.लि.ले जानकारी दिएको छ । मोटरसाइकल र ट्याक्सी राइडरहरुले सजिलै एपमा आवद्ध हुनसक्ने र राइडर,यात्रुको लागि बीमामा कमिसन पाउने व्यवस्था गरेको छ । 

प्रालिका अध्यक्ष लिङदेनले नेपालको लागि नेपालमा नै बनाएको राइडर एप सार्वजनिक गरिएको बताए । उनले चाँडै काठमाडौं उपत्यका लगायत देशैभरका शहरहरुमा सेवा बिस्तार गर्ने योजनाकासाथ काम गरिरहेको पनि बताए । 

नेपालमा प्रयोगमा आएका राइड सेयरिङ एपहरुले मोटरसाइकल र ट्याक्सीले मात्रै सुविधा दिँदै आएकामा जाउँ गुरुले बाइक डेलिभरी,मिनी ट्रक, पानी ट्याङ्कर र जिपसमेत भाडामा लिन सहजिकरण सेवा उपलब्ध छ । 
 

Logo