हेटौंडाबाट चाँदीको गरगहनासहित एक जना पक्राउ

हेटौंडाबाट चाँदीको गरगहनासहित एक जना पक्राउ


मकवानपुर प्रहरीले करिब २० किलो चाँदीको तयारी गरगहनासहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले विशेष सूचनाको आधारमा अवैध ढंगबाट हेटौंडा ल्याइदै गरेको १९ किलो ८ सय ४५ ग्राम चाँदीबाट बनेको गरगहनासहित हेटौंडा–१४ बाट लालबाबु शाहलाई नियन्त्रणमा लिएको हो ।

बिरगंजबाट हेटौंडा आउँदै गरेका शाहालाई हेटौंडा १४ स्थित ड्राईभर डाँडाबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रदेश ०२-०३-०१८ प ८२४८ नंबरको मोटरसाइकल रोकेर जाँच गर्दा उनको साथबाट अवैध गहना बरामद गरिएको प्रहरीको भनाइ छ ।

Logo