पोखरामा १० ट्राफिक प्रहरीसहित ४३९ जनालाई डेंगुको संक्रमण

पोखरा,

पोखरामा १० जना ट्राफिक प्रहरी सहित ४३९ जनामा भाइरल संक्रमण डेंगू देखिएको छ। यो संक्रमण उपचार गर्न खटिएका अस्पतालका डाक्टर र नर्समा समेत देखिएको छ।

पोखरा महानगरपालिकाको वडा नम्बर ८ र वडा नम्बर ९ मा डेंगूको संक्रमण बढी देखिएको हो। डेंगू पोथी लामखुट्टेले टोक्दा सर्ने भाइरल संक्रमण हो।

वडा नम्बर ८ र ९ मा ट्राफिक व्यवस्थापनमा खटिएका ट्राफिक प्रहरीमा लामखुट्टेले टोकेर भाइरल संक्रमण डेंगू देखिएपछि पोखराका विभिन्न अस्पताल र नेपाल प्रहरी अस्पताल काठमाडौंमा समेत उपचार भइरहेको जिल्ला ट्राफिक कार्यलय कास्कीका प्रमुख प्रहरी निरीक्षक मुरारी मिश्रले जानकारी दिए ।

कास्कीमा ९२ जना ट्राफिक प्रहरी कार्यरत छन् । थप ५ जना पनि लामखुट्टे जन्य भाइरल संक्रमण डेंगूकै सिम्ट्रम देखिएको उनले बताए।
अन्नपूर्णबाट