‘डक्टर जी’ को शानदार विकेन्ड कलेक्सन सार्वजनीक

‘डक्टर जी’ को शानदार विकेन्ड कलेक्सन सार्वजनीक


भिन्न किसिमका फिल्ममा सधैं हात हाल्न मन पराउने आयुष्मान खुरानाको नयाँ फिल्म ‘डक्टर जी’ फिल्म रिलिज भएसँगै फिल्मलाई लिएर दर्शकमा निकै उत्साह छाएको छ । 

आयुष्मान खुरानाको ‘डक्टर जी’ ले सेन्सर बोर्डबाट ए सर्टिफिकेट पाएको छ । सामाजिक सञ्जालमा समीक्षक र दर्शकले पनि फिल्मलाई राम्रो प्रतिक्रिया दिइरहेका छन् । यसैको असर बक्स अफिसमा देखिएको छ । आइतबार फिल्मले बक्स अफिसमा गरेको कमाईको तथ्याङ्क सार्वजनिक गरेको छ ।

‘डाक्टर जी’ले बक्स अफिसमा ३.८७ करोडको कमाई गरेको छ । शनिबार फिल्मले ५.२२ करोड कमाएको छ भने तेस्रो दिनको कमाईमा उछाल आएको छ । फिल्मले गत सप्ताहन्तमा ५.५० देखि ६ करोडको व्यापार गरेको थियो । योसँगै फिल्मले तीन दिनमा १५.९ करोड कलेक्सन गरेको छ ।

अक्टोबर १४ का दिन हलमा रिलिज भएको फिल्मको कुल बजेट ३५ करोड रहेको छ । यो देश भर २५ सय स्क्रिनमा रिलिज भएको थियो । फिल्मको कुरा गर्ने हो भने अहिलेसम्म फिल्मले आफ्नो लागतको आधाभन्दा कम रिकभर गरेको छ । 

Logo