कञ्चनपुरमा जन्मियो अनौठो शिशु

कञ्चनपुरमा अनौठो शिशुको जन्म भएको छ । कञ्चनपुरको बेलडाँडी गाउँपालिका–४ वैवाहकी २६ वर्षीय महिलाले अनौठो शिशु जन्माएकी हुन् ।

बेथाले चापेपछि उनलाई अस्पताल लौजाने क्रममा बाटाेमा नै बालिका शिशु जन्मिएकी हुन् । बेलडाँडी प्राथमिक स्वास्थ्य केन्द्र पुगेकी उनलाई स्वास्थ्य केन्द्रले सेती अस्पताल धनगढी रेफर गरेको थियो । बच्चाको आँखा खुलेका छैनन् भने मुख ठूलो छ ।

कान, खुट्टालगायत पूरै शारीरिकको बनावट फरक रहेको परिवारले जानकारी दिएको छ । बच्चाको तौल ११ सय ग्राम रहेको छ। अहिले बच्चाको स्वास्थ्य अवस्था समान्य रहेको छ ।

अनौठो बच्चा जन्मिएको हल्ला चलेपछि बच्चा हेर्न अहिले स्थानीयको भिड लागेको छ ।