बरुण धवनको ‘भेडिया’ को फर्स्ट लुक सार्वजनिक

बरुण धवनको ‘भेडिया’ को फर्स्ट लुक सार्वजनिक


बरुण धवनको बहुप्रतिक्षित फिल्म ‘भेडिया’ को फर्स्ट लुक सार्वजनिक भएको छ । 

लुक्स हेर्दा वरुण डरलाग्दो ब्वाँसोको भूमिका निभाइरहेको देखिन्छ । उनको डरलाग्दो लुकको पछाडि, कृति सेनन हातमा टर्च लिएर उभिएकी देख्न सकिन्छ । योसँगै भेडियाको ट्रेलर अक्टोबर १९ मा रिलिज हुँदैछ । यसैबीच, अर्जुन कपूरले वरुण धवनको लुकमा प्रतिक्रिया दिएका छन् । फिल्मको फर्स्ट लुक पोस्टर सेयर गर्दै वरुण धवनले लेखेका छन्, ‘अब होगा जंगल मे काण्ड ।’ अमर कौशिक निर्देशित यस फिल्ममा कृति सेनन पनि मुख्य भूमिकामा देखिदैछिन् । उनको लुक पनि ब्वाँसोको जस्तो हुने विश्वास गरिएको छ ।

दिनेश विज्ञानले निर्माण गरेको यो फिल्म जियो स्टुडियोले प्रस्तुत गरेको हो । फिल्म नोभेम्बर २५ मा २ डी र ३ डी मा रिलिज हुनेछ ।

Logo