काली
  • मिम बहादुर परियार

मेरो फेसबुक पेज खुल्यो । नाेटिफिकेसनकाे संख्या पनि देखियो ।  एक एक गर्दै हेरेँ । अन्तिममा काली एसेप्ट याेर फ्रेन्ड रिक्वेस्ट देखियाे । हर्षले मन गदगद् भयाे । रिक्वेस्ट पठाकाे एक हप्तापछि बल्ला कालीले स्वीकार गरिछन् । फ्रेन्ड रिक्वेस्ट पठाउनुअघि र पछि बारम्बार उनकाे तस्बिर हेर्थें । उनको मन्द मुस्कान मेरै लागि हाे जस्तो लाग्थ्यो । अब फेसबुकमा म उनका हरेक तस्बिर सजिलै हेर्न सक्थेँ । उनको विचार पढ्न सक्थेँ । उनको सुन्दरताकाे तारिफ गर्नसक्थेँ ।

म र काली अब नजिक थियाैँ। भलै उनी बेचेननगर बस्छिन् म प्रेमनगर, तर फेसबुकले अब जाेड्ने भयो  । ६०० किमी काे दुरी अब १ क्लिकमा गाँसिने भयो  । उनी हरेक पल मेराे सामु हुने भइन्  । म उनलाई चाहेको बेला हेर्न सक्ने भएँ । उनको भावना पढ्न सक्ने भएँ । उनलाई सम्झिदै, उनको प्रतीक्षामा बस्नसक्ने भएँ   ।

उनको अनलाइन पर्खाइमा म हरेक पल फेसबुकमा झुन्डिएर  बसेको हुन्थेँ । फेसबुक र मेरो फेसले उनलाई  कति बेला  एक्टीभ देखाउँछ र hi भनाैँला भनेर कुरेर बसेकाे हुन्थेँ  । मेरो भाग्य भनाै या संजाेग फेसबुक साथी भइसकेकाे १५ दिनसम्म पनि  कुरा गर्न सकेको थिइन । जे पर्ला भनेर hello  लेखेर म्यासेन्जरमा म्यासेज पठाएँ त्यस रात । उत्तर कुर्दाकुदै रातको ११ बजिसकेकाे थियो । त्यै पनि झिनो आशमा म उनकाे hello काे पर्खाइमा बसेको हुन्थेँ  । १२ बजिसकेकाे हुन्थ्यो, उत्तर भने आउँदैन थियो  ।

एकदुई भन्दाभन्दै,  त्यस्ता कैयौं रात बिते । दिन बिते । म हरेक पल उनको उत्तरको पर्खाइमा बसेको हुन्थेँ  । महिनाै बिते तर उत्तर आएन । तर मेरो आशा , माेह मरेको  थिएन । कता कता भित्री मनमा उनी  एकदिन च्याटमा आउनेछिन्, हामी घन्टाैं गफ गर्ने छाैं भन्ने विश्वास थियो । सपना थियोे ।

खाना खाइसकेर आराम गर्दै थिएँ । टिङ आज आयाे । नेपाल टेलिकमकाे म्यासेज हाेला भनेर वास्ता गरिन् । पढ्न बसेँ । किन किन मनले मानेन । माेबाइल हातमा लिए ! एक  मनले भन्छ जसको म्यासेजकाे पर्खाइमा तँ छस् उसले कहिल्यै पठाइन । के हेर्छस्, त्यही नेपाल टेलिकमकाे म्यासेज , तपाईंको ब्यालेन्स कम भइसकेको छ यथाशीघ्र रिचार्ज गर्नु या बागमती सफाइ अभियानको  निमन्त्रणा  । दिक्क लाग्ने म्यासेज के पढ्छस् ?   ।

म्यासेज  नपढ्, माेबाइल नहेर् भन्ने अन्तरआत्माले जित्यो । त्यस रात फेसबुक नखाेली सुतेँ । कताकता खल्लाे महसुस भएको थियो । कतै कालीकाे म्यासेज थिएन त्यो टिङ । पठाउने भए पहिल्यै पठाउँथी । यत्रो समय कसैले लगाउँछ एउटा म्यासेजकाे निम्ति । त्यो टिङ त्यहीँ टेलिकमकाे म्यासेज मानेर म सुते ।

अफिसमा बेलाबेलामा कालीकाे फाेटाे मेराे बेस्ट फ्रेन्ड समरलाई देखाउथेँ । उ मेराे बिल्ला गर्दै के यस्ती काली लुरीप्रति मरिहत्ते गर्छस् , अफिसमा एकसय एक च्वाँक छन् , लाइन मार् । फेरि तँलाई  रिना भित्रभित्रै मन पराउँछे भन्ने हल्ला छ। मेसाे मिला त रिना राम्री पनि छ । बानी पनि असल छ । लगन जुराउनतिर लाग् भन्थ्याे । तँ बुझ्दैनस् यस्तो कुरा म भन्थेँ  । भाे भाे तैंले धेरै बुझ्याछस् । मान्छे एकतिर छ ,  मन पराएकी कुन कुनामा बस्छे । अहिलेसम्म बाेलचाल छैन, पागलझै फाेटाे हेरेर मक्ख छ । पागल हाेलास् है भन्दै समर फाइल पढ्न लाग्याे ।

म मनमनै यसलाई के थाहा छ लभ भनेकाे ! त्यत्तिकै हिराे बन्छ ! लभ नगरी बाले हेरेकी केटी बिहे गर्याे । मलाई लभ के हाे भनेर सिकाउँछ मुला । यसका कुरा एक कानले सुन्ने हाे अर्को कानले उडाउने हाे भन्दै म पनि माउस चलाउन थालेँ । अचानक काली मेराे आँखा वरिपरि आइन् । Hi भनिन्  मलाई । मैले पनि हेलाे भनेँ  । समर ए तँलाई के भयो भन्दै हाँस्याे  । समरकाे हाँसोले म झसङ्ग भएँ। दिवास्वप्न देखेकाे थिएँ। केटाे गयाे भन्दै मेरो कपाल तान्याे । म आत्तिएँ ।  यताउता हेर्छु कालीलाई कहीँ पनि देखिन । के भाे तँलाई भनेर समरले साेध्याे ? केही होइन मैले भने । हाेलाहाेला केही त ? काली देखिस कि कसाे भन्दै मेराे बिल्ला गर्याे । नकरा मुला मान्छेलाई के काम छ याे भने काली काली भन्छ,मैले बहाना बनाएँ ।

अफिसकाे  कामको लाेड , कालीकाे याद र समरकाे बिल्लाले थाकेको थिएँ । काेठा पुग्नासाथ आेछ्यानमा पल्टिएँ ।  थकानले भुसुक्क सुतेछु । भाेकलाई के निँद लाग्थ्यो र ११ बजे उठेँ , खाना बसालेँ । नपाकुन्जेल वाइफाइमा रमाउनतिर लागेँ । फेसबुक लगइन गरेँ । म्यासेजकाे ताँती देखायो  । कसैका  जाेक थिए त कसैका  भिडियो  थिए । अन्तिमकाे म्यासेज कालीकाे थियो । त्यो टिङ उनकै Hi रहेछ । आफैले आफूलाई गाली गरेँ । के साेचिहाेलिन् कालीले । म्यासेज रिप्लाई गरेकाे तीन दिन भएको थियो । संसारको अमूल्य वस्तु हराएको जस्तो भान भयो । त्यस दिन माेबाइल हेरेकाे भए आजसम्म हाइ हेलाे मज्जाले चल्थ्याे हाेला !  कुराकानी हुन्थ्यो हाेला ! पुर्पुराेमा राम्रो नभएपछि कसको के लाग्छ ? दैवकाे लीला विचित्रकाे छ । अरु दिन अनलाइनमा झुन्डिने म त्यस दिन वास्ता गरिन ।

हतारहतार उनकाे टाइमलाइन हेरेँ । उही हसिलाे मुहार देखेँ । मन शान्त भयो । म्यासेजमा काली  तिनदिन अघि एक्टिभ रहेको देखियो । मनमनै साेचेँ उनी मलाई हेलाे भन्न मात्र आइछन् । मै अभागी सुनाैलाे माैका गुमाएँ । भनिन्छ भाग्यमा जे छ त्यो भागेर पनि आउँछ ।  जे लेखान्तमा छैन त्यो के आउँथ्याे र ! यदि माथिबाट काली र मेरो सम्बन्ध लेखिएको छ भने हामी जति टाढा भएपनि एकदिन अवश्य एकसाथ हुने छाैँ । संसारको कुनै शक्तिले राेक्न सक्दैन । यस्तै कुरा र तर्कले मेराे मन शान्त पारेकाे थियो । मन शान्त पार्ने यस्तै हरफहरु त छन् नि !
मेराे मनमा कालीले राज गरिसकेकी थिइन् । काली सिवाय  मन मस्तिष्कमा काेहि थिएनन् । धेरै केटी साथी थिए । काेही काेही म प्रती मरिहत्ते गर्थे पनि । तर मेरो मन कालीमै गयाे । न मैले देखेको थिएँ न उनले । किनकिन उनीबिना जीवन अधुरो लाग्न थालेको थियो । बेचेननगर   जान सुरसार नगरेको पनि हैन । टिकट पनि काटेको थिए । समरलाई साेधे । सुरुमा त समले झपार्याे, याे के पारा हाे ? भन्यो । समरका अगाडि मेरो केही सीप लागेन । उसले धेरै असफल डिस्ट्यानस् रिलेसनसिपका उदाहरण दियो । सम्झायाे , बुझाएपछि मात्र राेकिए । न मैले उसलाई देखेको छु न उसले मलाई देखेकी छन् । समरका केही कुरा सत्य छन् पनि । म जुन नजरले कालीलाई हेर्छु कालीकाे नजर, भावना मेराे जस्तो नहाेला !  उसको जीवनमा अरु काेहि हुनपनि सक्छन् । उसको आफ्नै संसार हाेला  । मेराे एकतर्फी माया मनमनै सीमित हुनसक्छ । बेलैमा हाेस नपुर्‍याए पछि फुर्सदमा पछुताउनु सिवाय केही रहन्न भन्दै समरले झपार्याे । मनमनै धेरै साेचे विचार गरेँ , अनि राेकिएँ । टिकट च्यातेर डस्टविनमा फ्याँकेँ ।

पहिलाभन्दा मन अलि शान्त थियो  । समरका तर्क दिमागमा घुमिरहन्थे । हाे पनि न मैले  देखेकाे न  भेटेकै । फेसबुकमा देखेकाे भरमा म त्यस‌ै पागल भएको थियो । काली काे हुन् ? उनको आचरण कस्तो छ ? उनको विचार कस्तो ? मलाई के थाहा छ ? उनी कसैको भैसकिन् कि ? दिवाना न परियो । त्यसै हामफल्न तम्सेको म ।

रातको दस बजिसकेकाे थियोे । म सुत्ने तरखरमा थिए उही टिङ आयाे । हिजोआज टिङ आवाज सुन्नासाथ माेबाइल हेर्थें । चाहे त्याे टेलिकमकाे हाेस् या अरुकाे । हतारहतार माेबाइल समातेँ । उनै कालीकाे म्यासेज थियो । के छ हालखबर ?  अनलाइन मै थिइन पनि, हर्षले मन गद्गद् भयो  । पलेटी कसेर  च्याटिङमा बसेँ । उनको रिप्लाई दिएँ ठिकै छ भनेँ । तपाईंकाे भन्नुस् ? मैले प्रश्न गरेँ । मेरो मन त चङ्गा भएको थियो । सायद सपना साकार भएर हाेला ! उनकाे उत्तरकाे पर्खाइमा थिए । टाइपिङ देखाइरएको थियो । लामै म्यासेज लेख्दै छिन जस्तो लाग्याे । म्यासेज आयाे पनि ।  तर अँ ठीक छु मात्र । दुई शब्दको म्यासेजले मन खिन्न भयाे ।  मनमा कुरा खेल्न थाले । काे सँग कुरा गर्दै थिइन् हाेली ? मलाई के वास्ता गर्थिन् ! आफ्नै धुनमा मस्त छे हाेलिन् ? म भने के के न हाेला भनेर सपना देखेको थिएँ। धन्न समरले सम्झायाे ।

एकछिनपछि कालीले खाना भाे ? भनिन् । मैले खाएँ भने । मनले मानेन तपाईंले नि ? साेधेँ । उनले पनि मैले खाएँ भनिन् । अलि जिस्किन मन लाग्यो ! के के खायौ त भनेर साेधेँ । उनले खान मिल्ने जति खाएँ भनी साथमा मुख बङ्गग्याएकाे चित्र पनि पठाइन् । अब माेरी लाइनमा आइ जस्तो लाग्याे । मन त एकछिन फुरुङ्ग भयो । पट्टिने सक्ने संकेत पाएँ । अझ खुल्न मन लाग्यो । के गर्दैछौ नि मैले साेधेँ । सुत्न लागेकाे बताइन् । कति चाँडाे त ? । उनले साढे दश भैसक्याे भनिन् । अलि बेरमा गुड नाइट भनिन् । मैले पनि गुड नाइट भनेँ ।

काली सुतिसकेकी हाेलिन् । म भने उनकै टाइम लाइन हेर्दै थिएँ । उनको तस्बिर जुम गर्दै हेर्थें  । केही तस्बिर  फाेनमा सेभ गरेँ । कालीले मन्द मुस्कान दिएको फाेटाे वालपेपर बनाएँ । त्यस दिनकाे सफलता त्यही भयाे । कमसेकम बाेलचाल त भयाे भनेर  मख्ख परेँ।

उता काली मस्त निद्रामा हाेलिनन् । मलाई भने निद्रा लागेकै थिएन । खालि उनकै याद आइरहेकाे थियो । उनको हँसिलो मुहार मेरा आँखा वरिपरि नाचिरहेकाे थियोे । स्वर सुन्न मन लागेको थियो । उनीसँग बातचितमा रमाउन मन लाग्यो तर के नै गर्न सकिन्छ र ! उनी बचेननगर  म प्रेमनगर  । चरा भएको भए एकै बेगमा बेचेननगर  पुग्थे हाेला । कालीसँग भेट हुन्थ्यो हाेला । दैवकाे लिला यस्तै रहेछ । मनले चाहेको कहाँ पुग्छ र! छातीमा उनको तस्बिर राखेर भाेलीकाे अनलाइन डेटिङमा भेट्ने कामना सहित जबर्जस्ती निदाए । त्यो सिवाय म सँग अरु विकल्प थिएन पनि ।

समरलाई सान दिदै भनेँ कालीसँग बाेलचाल भयाे नि मेराे । समरले ए ठूलै काम गरिछस् त भन्दै मेरो खिल्ली उडायाे । सुन ए ! कस्तो मुला रहेछ ! कुरा त सुन मैले भने । झर्काे मान्दै भन त भन भन्याे समरले।

काली त फ्रयाङक रहिछन् । कस्तो मज्जाले बाेली । समर म के गराै त ! के अब म नाच्याै ! भन्यो ! कस्तो साइकाे रहेछ याे मुला त मैले भने । साथीकाे जिन्दगीको सवाल छ,  याे भने त्यतिकै टिमुर्किन्छ । सल्लाह सुझाव देला भनेको त ? म जुरुक्क उठेर हिड्न लागेको के थिएँ समरले हात समातेर तँलाई मजाक गर्नुहुन्न भन्यो । म एकछिन चुपचाप बसेँ ।

भन्न  तँ अब!  धेरै भाउ नखा ! म बाेलिन । ल भन्न त म सुन्छु । अब जिस्किँदिन, सरी  भन्यो समरले ।

हिजो मसँग काली बाेली यार । कति मिजासिली ! हाे र ! अरु के के भाे नि , उत्सुकताका साथ  समरले  साेध्याे । बल्ल लाइनमा आएछ ! मैले साेचेँ। भर्खर त बाेलचाल सुरु भएको छ । सबै एकै दिनमा भन्छन् त कसैले, मैले भने । आज बेलुकी कुरा हुन्छ भन्दै  मैले सान दिएँ । ल ल मज्जाले पट्या । भाेज खानु पर्छ भन्दै समर गयो आफ्नाे च्याम्बरतिर ।

मन गदगद भयो । संसार मेरै हाे जस्तो लाग्छ जब म कालीलाई सम्झन्छु । घरिघरि म आफैँलाई प्रश्न गर्थें । कालीमा खास त्यस्तो जादू के छ र ? उत्तर …….

सायद मैले यदि कसैलाई धेरै छाेएकाे छु भने त्यो  मेरो माेबाइल हाेला ! यसलाई नचलाई म बस्न नसक्ने भएको थिए । त्यसमाथि काली र फेसबुकमा उनको फेस ! वाइफाइ चलाएर वाइफ बनाउने मेरो साेच थियो । काेठा पुगेपछि कालीकाे याद झन् आउँथ्याे । छट्पटी ,बेचइनीकाे मात्रा उर्लेर आउँथ्याे । हरबखत  कालीकाे टिङकाे पर्खाइमा बसेकाे हुन्थे । फेसबुकमा काली नै मेरो संसार थिइन् । अरु कसैकाे वास्ता लाग्दैन थियो । धेरै साथीहरू अनलाइनमा हुन्थे कसैसँग च्याट गर्दिनँ थिए । कसैका म्यासेजकाे रिप्लाई पनि दिदैन थिए । ठूलो भइस् हैन भन्थे केटाहरु । म भने  उनलाई कतिबेला एक्टिभ देखाउँछ र कुरा गराैँ साेच्थेँ, पर्खाइमा हुन्थेँ ।

हिजो रातिको मनाेकामना र समरलाई दिएको सान , कालीसँगकाे गफगाफ हाेस् भन्दै फेसबुक खाेलेँ । टिङ आवाज आयाे । हेर्दा उनै कालीकाे रहेछ । सन्चै हुनुहुन्छ ? प्रश्न थियो  । एक्टिभ पनि थिइन् । माेरी लाइनमा आइछ । आगाे दुईतिर बलेको भान भयाे । खुल्दुली कालीलाई पनि रहेछ । सन्चै छु मैले भनेँ । पहिलोपटक तिम्रो सुनाउ मैले साेधेँ । तपाईबाट तिमीमा झरेँ म । कतै किन तिमी भनेकाे भनेर झर्किन्छ कि भन्ने डर थियो । ठिकै छ जवफ पाएँ । मन शान्त भयो ।

घरमा काे काे हुनुहुन्छ ? साेधेँ । काली , बुबा, मामी, भाइ र म भनिन् । त्यही प्रश्न मलाई  साेधिन् , बुबा , दुईजना आमा, भाइ र म । ए ए लेखिन् । के गर्छाैं नि ? भन्दा टिचिङ भनिन् । जागिरे रहिछन् । आनन्द भाे , दुईजना मिलेर आनन्दसँग घरपरिवार पालिन्छ । राम्रो , जवाफ मैले दिएँ । उनलेे मुस्कानयुक्त इमाेजी पठाइन् । नक्कली रहिछ माेरी, एक्लै हाँसेँ । तपाईं के गर्नुहुन्छ भनिन् । लेखनदास मैले भनेँ । लेखेको लेख्यै गर्ने भएर लेेखनदास भनेको हाेला, अनि हाहाहाहा पठाइन् ।

पक्का लगन जुर्ने भाे कति  चन्चले । मन त्यस्तै सफा , कति आत्मीय ठानेकी । दैवले जाेडी बनाएकै रहेछ । म पनि के कम हाे हजुर दिनभरि लेख्छु, कसैको यादमा !  लेखेँ । कस्तो के तपाई ? उनले भनिन् । के गल्ती भनेँ र, कामै लेख्ने हाे त । उसले ए ए भनी । मनमा च्यास्स भयो कतै पीर त मानिन । अनि अरु के छ नयाँ नाैलाे जिन्दगीमा प्रश्न गरेँ । अलि ढिलो रिप्लाई आयाे ।  फिक्का फिक्का छ हजुर लेखिन् । राेमान्टिक रहिछन्,  हाेला पनि । म बिना कसरी रंगीन हाेला र ! उनको पनि फिक्कै मेराे पनि त्यस्तै । रंगीन अब हुन्छ नि मनमनै साेचेँ । कस्तो हाेला त्यो दिन जब काली मेरो अँगालोमा बाँधिएर घण्टाैंसम्म मनका कुरा साटेकाे । कस्तो हाेला त्यो दिन कालीकाे सिउँदाे राताे रङ्गले भरिएको ! । टिङ आवाज आयाे । म झसङ्ग भएँ । उनकै म्यासेज रहेछ म सुतेको, गुड नाइट भनिन् । हस् गुड नाइट लेखेँ ।

दिनहुँजसो कालीसँग कुरा हुन्थ्यो । सुखदुःखका कुरा साट्थ्याैं। उनी सधैंजस्तो मलाई सल्लाह, सुझाव दिन्थिन् । म पनि उनको प्रशंसा गर्थें । बेलाबेलामा म उनलाई चिड्याउँथेँ , काली, लुरी भन्दै । उनी पनि झनक्क रिसाउँथिन् । सायद नजिक भएकाे भए कपाल तान्थिन् हाेला, चिमाेठ्थिन् हाेला, अलि पर गएर ठुस्केर बस्थिन् हाेला ! जिक्याउँदा अलिक ढिलाे रिप्लाई दिन्थिन् । म बुझिहाल्थेँ, फकाउँथेँ पनि । कालीलाई फकाउन सजिलो पनि । एकछिनमै हाँसिहाल्ने । यही बानीले त लठ्ठ पारेकाे थियो । कति  सरल अनि मिजासिली , सधैं हाँसिरहने । मेरा लागि उनी चन्द्रमा थिइन् , कालाे रातमा पनि चम्किरहने। भगवानलाई पुकार्थें सधैं खुसी राख्नु मेरी कालीलाई ।

कालीमय भएको थियो  जिन्दगी । हरपल हरबखत उनकै सम्झनामा डुबेको  हुन्थेँ । भाेक प्यास हराएको थियो । अनलाइनमा नभेट्दा उकुसमुकुस हुन्थेँ । के नै पाे गर्न सक्थेँ र म । उही पर्खनु सिवाय । उनी मेरो नशा भइसकेकी थिइन् । सायद उनको रुपमा, उनको चनचलतामा म लठ्ठिएकाे थिएँ ।

उनलाई फेसबुकमा भेटेको धेरै भइसकेको थियो । थाहा पाउनु पर्ने जति सब थाहा थियो । केवल उनीसँग भेट्न मात्र बाँकी थियो । उनलाई छुन मात्र बाँकी थियोे । साउने भेल जस्तै भएको थिए, उर्लन चाहन्थेँ । बेचेननगरमा बग्न मन थियो । म कालीकाे निम्ति  संसारको जुनसुकै कुनामा जानसक्थेँ, बेचेननगर त त्यहीँ पर हाे । सुर चले हिडेरै जान सक्थेँ ।

मनले मान्दै मानेन, जा कि जा भन्याे । बेचेननगर जाने भएँ । कसैलाई केही भनिन । अफिसमा घरमा काम पर्याे भनेर इमेल पठाएँ । चार दिनकाे छुट्टी लिएँ। झाेला कसेर  नाइट बस चढेँ ।

कालीलाई कति बेला भेटाैंला भएको थियो । उनलाई सरप्राइज दिन चाहन्थेँ । बेलाबेलामा मन ढुकढुक हुन्थ्यो सायद बेचैनीकाे मात्र बढेर हाेला । मलाई देख्दा काली कती   खुसी हाेलीन् । सायद अाँसुका धारा बगाउने छिन् ! खुसीका, हर्षका !

नाै बजे पछाडि उनीसँग कुरा गर्ने लत लागेको थियो मलाई । घडीले नाैकाे सुइ छाेयाे भने म फेसबुकमा बुक भइसक्थेँ । काठमाडौंलाई टाटा गर्दै डाटा अन गरेँ । प्राय नाै बजे काली अनलाइनमा हुन्थिन् । त्यस रात पनि अनलाइनमा थिइन् । म उनको टिङ अर्थात् म्यासेजकाे पर्खाइमा थिएँ । सधैं मै कुराकानीकाे सुरुवात गर्थें । त्यस रात म उनी पहिले बाेलुन् चाहन्थेँ । पर्खें पनि , तर उनको जवाफ आएन , सायद केही काम पर्येा हाेला ! मन अलि खिन्न भयो । अझै आश गरेको थिएँ । तर आएन,  मैले सुरु गरेँ ।

उनकाे अगाडि म हरबखत हर पल हार स्विकार्न  सक्थे । के छ हालखबर ? लेखे । जवाफ आउँदै आएन । गाडीको त्यो रफ्तार शून्य लागेको थियो । चिसो स्याँठले पनि छाेएन । काममा छिन हाेला ! डाटा अफ गर्न बिर्सेकी हुनपर्छ ।

मनमनै धेरै कुरा खेलाएँ । गाडीको बेग बेजोड थियो । उनकाे टाइमलाइन हेरेँ । अस्ति अपलाेड गरेको उनको तस्बिर घाेरिएर हेरेँ । अथाह सुन्दर छिन् काली । जतिबेला पनि हेरिरहुँ जस्तो लाग्ने । ड्राइभरले  झ्याप्प ब्रेक हान्याे । सबै यात्री हुत्याैँ । मार्छ जस्तो छ ड्राइभरले । सबै यात्रु चिच्याए । कालीलाई नभेटी कालले के लग्न सक्थ्यो र मलाई । अझै रिप्लाई आएन । एकछिन झस्किएँ । के भयो उनलाई ? के गर्दै छिन् ?  यस्तो पहिला भएकै थिएन । के गर्न आँटिन् ! म सधैं नाै बजे अनलाइन आउँछु भन्ने थाहा छ त ! एकाएक याे के नाटक गर्दै छिन् । रिप्लाई आयाे कि झपार्ने मनसायमा थिएँ । उनका लागि म सबैलाई ढाँटीढाँटी आउने उनी भने वास्तै नगर्ने ।

फेसबुकका चर्तिकला हेर्दै थिएँ । घण्टी बज्याे । कसले के के गरे यहीँ घण्टीले सूचना दिन्थ्याे । हेर्न मन लाग्यो । घण्टी थिचेँ  । काली upload न्यु फाेटाे देखायो । कस्तो फाेटाे हालिछन् त ?उनका तस्बिर मलाई निकै मनपर्ने । फेसबुकमा फाेटाे हाल्नु अगाडि मलाई म्यासेन्जरमा पठाउँथिन् । कस्तो छ , अपलाेड गराैँ कि नगराैँ भन्थिन् । तर आज अचानक अपलाेड गरिछन् । सायद सरप्राइज हाेला । आँखा एकछिन बन्द गरेँ । हरेक साँझ उनको कल्पनामा हराउँथेँ । उनलाई सम्झँदा आनन्द आउँथ्याे । उनको फाेटो हेरेँ, छानाबाट खसेझैं भयो । फाेटाेमा Kali got engaged with Akash लेखिएको थियोे । साथमा fleeing bless पनि लेखिएको थियो ।

भुइँचालो  गयाे मध्यरातमा, सबै सपना चकनाचुर भएँ । दायाँबायाँ हेर्छु सबै निन्द्रामा थिए । कसलाई के भन्नु । डाँको छाडेर रुन मन थियो । आँखाभरि आँसु थिए । के साेचेकाे थिए । के भयो अहिले ! कठै मेरो भाग्य , कत्रो सपना थियोे । सब चकनाचुर पारी बैगुनीले । जिन्दगी बर्बाद पारि, मुटु छियाछिया पारी बैगुनीले ! किन यस्तो गरी मलाई ?  अर्कैसँग प्रेम थियोे भने किन मप्रति मरिहत्ते गर्थी । किन रातभरि गफ गर्थी ? किन मायाका कुरा गर्थी ? । त्यसै मलाई  पागल बनाई ? कत्रो धाेका । दैव ,याे बज्रपात  मलाई किन !

चल्दै गरेको गाडीबाट हामफाल्ने मन थियो । घरका बा, आमा, भाइ के गर्लान् ? राेकिएँ । खलासीलाई गाडी राेक्न भनेँ । गुरुजीले झ्याप्प ब्रेक लगाए । किन दाइ याे बीच जङ्गलमा , तपाईंको झर्ने ठाउँ बेचेनपुर हाेइन खलासीले साेधे । म यहीँ झर्ने हाे मैले भनेँ । गाडीबाट  निस्किएँ , एकछिन अल्मलिएँ ,नदी तेज गतिमा बग्दै थिइन् !  कालाे रातमा काली काल भै मेरो लागि ! मध्यरातमा नदी आफ्नै वेगमा बग्दै थिइन् । म उनलाई हेर्दै आफ्नै वेगमा हिडेँ ।  कसको के भराेसा !

mimbahadur1@gmail.com