चलचित्र ‘मिलन’को ट्रेलर सार्वजनिक

चलचित्र ‘मिलन’को ट्रेलर सार्वजनिक


नेपाली चलचित्र ‘मिलन’को ट्रेलर सार्वजनिक भएको छ । सोमवार काठमाडौंमा एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक भएको हो । 

चलचित्रको ट्रेलर सार्वजनिकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अभिनेता सलोन बस्नेतले लकडाउन सकिएलगत्तै चलचित्र शुरु गर्दा धेरै कठिनाइ भोग्नुपरेको बताए । उनले चलचित्रमा धेरै मेहनत गरेर छायांकन गरेको भन्दै चलचित्र मनछुने बनेको बताए ।  चलचित्रमा नयाँ कलाकारहरुको अभिनय मर्मस्पर्शी रहेकाले सबैले हेरेर साथ दिनेमा विश्वस्त रहेको उनको भनाई थियो । 

त्यस्तै अभिनेता शोभित बस्नेतले चलचित्र धेरै राम्रो बनेको बताए । उनले यो चलचित्रमा सलोनको अभिनय पनि पोख्त भएको बताए । सलोनको विवाहबारे रंगपत्रकारको प्रश्नमा उनले विवाहको मिलनका बेला फिल्म मिलन पनि राम्रोसँग चल्ने र चाँडै विवाहको बारेमा जानकारी गराउने बताए । 

चलचित्रमा डेब्यु गरेकी नवनायिका शिल्पा थापाले चलचित्रमा काम गर्न कुनै कठिनाइ नभएको र आगामी दिनमा पहिलो चलचित्रमा सिकेका कुरालाई झनै पोख्त बनाएर जाने बताइन् । 
 
चलचित्र ‘मिलन’आगामी कार्तिक १८ गतेबाट देशभर एकसाथ प्रदर्शनमा हुँदैछ ।

Skip This
Logo