बेन्जिमाले जिते बालोन डि’ओर अवार्ड

बेन्जिमाले जिते बालोन डि’ओर अवार्ड


रियल मड्रिडका स्ट्राइकर करिम बेन्जेमाले सोमबार बालोन डी’ओर अवार्ड जितेका छन् ।

गत सिजन रियल मड्रिडले स्पेनिस ला लिगा र च्याम्पियन्स लिगको उपाधि जित्दा बेन्जेमाको प्रदर्शन प्रभावशाली रहेको थियो । बेन्जेमाले पहिलो पटक बालोन डी’ओर जित्ने क्रममा जर्मन बुन्डेसलिगा क्लब बायर्न म्युनिखका साडियो माने, म्यानचेस्टर सिटीका केभिन डि ब्रुयन र बार्सिलोना आएका रोबर्ट लेवान्डोवस्कीलाई पछि पारेका थिए ।   

बेन्जेमाले रियलका लागि गत सिजन सबै प्रकारका प्रतियोगिता गरि ४६ खेलमा ४४ गोल गरेका थिए । बेन्जेमा पछिल्लो १० सिजन लगातार बालोन डीओरको मनोनयमा परे पनि अवार्ड जितेका भने पहिलो पटक हो । सन् २०२१ मा उनले पहिलो पटक बालोन डी’ओर को शीर्ष १० मा स्थान बनाएका थिए । सो वर्ष  लियोनल मेसीले अवार्ड जित्दा उनी चौथो स्थानमा रहेका थिए । यो अवार्ड पछिल्लो १३ सिजनमा लिओनल मेस्सीले ७ र क्रिष्टियानो रोनाल्डोले ५ पटक जितेका छन् । 

यता महिलातर्फ भने बार्सिलोनाकी स्पेनिस मिडफिल्डर एलेक्सिया प्युटेलासले बालोन डी’ओर जितिन् ।

Logo