काभ्रे मण्डन दिदीबहिनी समाजद्वारा चण्डेनीमण्डनमा तीज विशेष कार्यक्रम

काभ्रे,

जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नं १० चण्डेनीमण्डनमा आज तीज विशेष कार्यक्रमको आयोजना गरियो ।

तीज विशेष कार्यक्रम तथा सम्मान समारोहको आयोजना काभ्रे मण्डन दिदीबहिनी समाजले गरेको थियो । संस्थाकी अध्यक्ष सुभद्रा नेपाल आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि मण्डनदेउपुर नगरपालिकाकी उपमेयर निर्मला शाही रहनु भएको थियो । कार्यक्रममा वडाध्यक्ष विष्णुमणि नेपालले उत्प्रेरणात्मक सन्देश दिदैं कार्यक्रम आयोजकलाई धन्यवाद दिनु भएको थियो ।

कार्यक्रममा मण्डन भेगका अग्रज शिक्षकद्वय दयाराम नेपाल र दामोदरप्रसाद नेपाललाई विशेष सम्मान गरिएको थियो । उहाँहरुले ३ दशक भन्दा धेरै समय शिक्षण पेशामा खर्चिनु भएको थियो । साथै वडाका दर्जन जति बृद्धबृद्धाहरुलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा सो ठाउँबाट विभिन्न भेगमा पुग्नु भएका दिदीबहिनीहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

तीजको सन्दर्भ पारेर गरिएको सो कार्यक्रममा दर खाने र अन्य मनोरञ्जनात्मक गतिविधीहरु पनि गरिएको संस्थाकी सदस्य शुशिला नेपालले जानकारी दिनु भयो । आगामी दिनहरुमा पनि संस्थाले यस्ता कार्यक्रमहरु गर्दै जाने पनि उहाँले बताउनु भयो ।