बाइडेनको टिप्पणीलाई लिएर पाकिस्तानी विदेश मन्त्रालयले बोलायो अमेरिकी दूत

बाइडेनको टिप्पणीलाई लिएर पाकिस्तानी विदेश मन्त्रालयले बोलायो अमेरिकी दूत


पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । 

अमेरिकी राष्ट्रपति जो बाइडेनले पाकिस्तान विश्वको सबैभन्दा खतरनाक देशहरू मध्ये एक हुनसक्ने र त्यहाँ आणविक हतियारहरू भएको बताएपछि विदेश मन्त्रालयले अमेरिकी दूतलाई बोलाएको हो ।

७९ वर्षीय बाइडेनले बिहीबार डेमोक्र्याटिक कंग्रेसनल क्याम्पेन कमिटीको स्वागत समारोहमा उक्त टिप्पणी गरेका थिए, जसमा उनले युक्रेन युद्ध, चीन, र अमेरिकी मुद्दाबारे छलफल गरेका थिए ।

चीन र राष्ट्रपति सी जिनपिङसँगको आफ्नो सम्बन्धको सन्दर्भमा बोल्दै बाइडेनले भने, ‘जिनपिङले आफूले चाहेको कुरा बुझ्दछन् तर उनमा समस्याहरूको विशाल श्रृंखला छ ।’

सोही सन्दर्भमा उनले पाकिस्तानको बारेमा पनि चर्चा गरेका थिए । ‘मलाई लाग्छ पाकिस्तान संसारको सबैभन्दा खतरनाक राष्ट्रहरू मध्ये एक हो, जहाँ बिना तालमेल आणविक हतियार छ ।’ 

पाकिस्तानी विदेशमन्त्री बिलवाल भुट्टो जर्दारीले दक्षिण बन्दरगाह सहर कराँचीमा शनिबार आयोजित पत्रकार सम्मेलनमा आफू बाइडेनको भनाइबाट चकित परेको बताए । ‘मलाई लाग्छ कि यो ठ्याक्कै एक प्रकारको गलत बुझाइ हो, जुन बचनबद्धताको कमी हुँदा सिर्जना हुन्छ’, उनले थपे । –एजेन्सी

Skip This
Logo