‘राष्ट्रिय स्वाधिनताको सवालमा भएका काम सञ्चालन गर्न मेरो उम्मेदवारी’ -नारायण सिलवाल

‘राष्ट्रिय स्वाधिनताको सवालमा भएका काम सञ्चालन गर्न मेरो उम्मेदवारी’ -नारायण सिलवाल


प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन आगामी मंसिर ४ गते हुँदैछ । उम्मेद्वारहरुले निर्वाचन आयोगमा आफ्नो नामावली समेत दर्ता गरिसकेका छन् । यसै विषयमा आज हामीले नेकपा एमालेका तर्फबाट काठमाडौं क्षेत्र नम्बर ५ प्रदेशसभा (क) का उम्मेदवार नारायण सिलवालसँग कुराकानी गरेका छौँ । प्रस्तुत छ, केन्द्रबिन्दुले गरेको कुराकानीको सम्पादित अंशः

निर्वाचनको तयारी कस्तो छ ?

-अहिले  उम्मेद्वारी दर्ता गरेर अन्तिम नामावाली समेत प्रकाशन भैरहेको छ निर्वाचन आयोगबाट । मेरो प्रदेश निर्वाचन क्षेत्रमा १४ जना प्रतिष्पर्धीहरु मैदानमा हुनुहुन्छ । नेकपा एमालेको दर्फबाट मलाई अगाडी सारिएको र सूर्य चिन्ह लिएर जनताको अगाडी जानको लागि म केही मतदाताहरु भेटघाट, व्यक्तिगत रुपमा सानोतिनो रुपमा सानोतिनो बैठकमा छु भने पार्टिको निर्वाचन परिचालन कमिटी हामीले भर्खरै गठन गर्यौ‌‌ । त्यो निर्वाचन परिचालन कमिटिले आफ्ना औपचारिक कार्यक्रमहरु बनाएर, योजना बनाएर संस्थागत रुपमा, दुई दिन भित्रै हामी वडा स्तरको समिति समेत बनाइसक्छौँ र पूर्ण रुपमा हामी मैदानमा जान्छौँ । 

तपाईलाई जनताले मत किन दिने ?

-नेकपा एकालेले यो पाँच वर्षमा गएको स्वाधिनतामा खासगरी नक्सा प्रकाशनमा राष्ट्रिय सहमती गरेर नेपाली मातृभूमीमा विदेशी सेनाले परेड खेलेर हाम्रा नक्साहरु समेत गाएव भएको थियो । त्यसलाई एउटा ऐतिहासिक काम उपलब्धी गरेको छ । चिन लगायत वार्निजिसन्दी जुन सधै नाकाबन्धीको मारमा हामी परिरहेका थियौँ । त्यसबाट मूक्त गराउनको लागि राजा महेन्द्रबाट शुरु गरेर ३५ प्रधानमन्त्री हुँदा पनि सम्भव नभएको काम नेकपा एमालेको नेतृत्वमा सम्भव भयो । हाम्रा मूर्जाएका सपनाहरुलाई नेपालीहरुले आफ्नो देश बनाउन सक्छन् भनेर पूर्वाधारका ठुलाठुला योजनाहरुलाई अगाडी बढाउने काम भयो ।

संविधानलाई संस्थागत गर्दै संघियतालाई अगाडी बढाउने क्रममा कर्मचारी समायोजन, ऐन, नियम निर्माण तथा राष्ट्रिय स्तरमा भएका एमालेले अगाडी सारेका उम्मेद्वारको हिसावले पनि एकातिर भने प्रदेश स्तरमा हामीले सुरुमा रहेको प्रदेशले भर्खर संरचनाविहीन एउटा कुर्सी थिएन, मन्त्रालय थिएन त्यो सारा व्यवस्थापन गरेर ऐन कानून सहित निर्माण गरेर जग निर्माण गरेको स्थिती छ । सुशासन दिने कुरामा ३ वर्ष तत्कालिन नेकपाको र एमालेको सरकारले सुरु गरेको कामलाई निरन्तरता दिएका छन् । आफ्नो निर्वाचन क्षेत्रभित्र, भौतिक पूर्वाधारको क्षेत्रमा जुन एउटा सम्पदा लगायत हरियाली गृणेली पार्किङको क्षेत्रमा उल्लेखिय प्रगती भएका छन् यो ५ वर्ष भित्रमा । जसको कारणले मलाई पूर्ण त्यो क्षेत्रमा बाँकी कामको निरन्तरताको लागि मत दिनुपर्छ भन्ने मलाई लाग्छ । 

पछिल्लो चरणमा पहिले जितिसकेका उम्मेद्वारहरुलाई बिदा दिएर नयाँलाई ल्याउनुपर्छ भन्ने अभियान सामाजिक सञ्जालहरुमा कत्ति ठाउँमा देखिएको छ । यसमा तपाईकाे धारणा के छ ?

-निर्वाचनमा सामान्यतया पुरानोलाई बिदा दिएर नयाँलाई ल्याउनुपर्छ भन्ने सँधै चल्ने गरेको छ । यो पटक मात्र होइन । सामान्यतया यो समाज विकासको नियम पनि हो । तर, व्यक्ति नयाँ पुरानो कत्ति भन्ने होइन सोँचहरुमा के छन्, दृष्टिकोणले के राख्छ, परिवर्तनका साँच्चिकै नेतृत्व गर्न सक्छ कि सक्दैन, राजनीतिक ढंगले त्यो पार्टिले ल्याएको विचार परिवर्तनको नेतृत्व गर्न सक्छ कि सक्दैन मूल कुरा हो । केही व्यक्तिहरु कहिलेकाँही असन्तुष्टिको आधारमा छ्वास्स छुस्स केही परिणामहरु देखापर्न सक्छन् । त्यो निर्णायक हुँदैन । संसदीय व्यवस्थामा दलहरुलाई च्वाइज गर्ने हो । व्यक्ति एकजना को कसलाई च्वाइस गर्ने कुरा त्यो निर्णायक होइन ।

दलहरुको विकल्प एउटा दल भएन भने अर्को दल आउँन सक्छन् । वैकल्पिक शक्तिहरु अगाडी आउँन खोज्ने कुराले पुराना कुराहरुलाई सचेतका साथ अगाडी बढ्न मद्दत गर्छ । नेता ठिक भएन भने अर्को नेता हामीले नै निर्माण गर्ने हो । त्यसैले मलाई लाग्छ यो पुरानो नयाँ भन्दा पनि त्यो देशको नेतृत्व आगामी पुस्ताका लागि सिङ्गो देश कसरी बन्नुपर्ने हो बनी रहेको छैन । त्यो समृद्धिको सपना सङकल्पलाई पूरा गर्न सक्ने नेतृत्व टिम पार्टी आउन सक्नुपर्छ । 

तपाईको निर्वाचन क्षेत्र काठमाडौँ -५लाई विशेष गरी हेरिएको छ । यो निर्वाचन क्षेत्रमा धेरै पार्टीका स्वतन्त्र उम्मेद्वारहरु पनि छन् । तपाईलाई निर्वाचन कतिको सहज भएको छ ?

-काठमाडौं प्रतिनिधि सभा क्षेत्र नम्बर -५ क्षेत्रभित्र हाम्रो नगरपालिकाभित्र जम्मा ११ वटा वडा महानगरका ४ वटा वडा छन् । हामीले त्यसमध्ये ११ वटा वडामा  विजय प्राप्त गरेका छौँ । २ वटा नगरपालिकाहरु हाम्रा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा पर्छ । त्यसको २ वटै मेयर हामीले जितेका छौँ भने महानगरतिर हामीले उपमेयर जितेका छौँ । त्यो हिसाबले हेर्दा डाटाको हिसाबले हामीलाई खासै जनमत नेकपा एमालेको पक्षमा अरु एक तिर हुँदा पनि सबै एकतिर हुँदा पनि हामी इस्ट्रोङ छौँ । तर त्यति भनेर मात्र पुग्दैन । त्यसको आधारमा मात्र हामी मत मागिरहेका छैनौँ । 

५ वर्षमा यो निर्वाचन क्षेत्र र हाम्रो टिम ३ नै जना हामी जितेका थियौँ । गएको निर्वाचनमा ३ वटै स्थानीय तहमा हामी थियौँ । ९ वटा वडाहरुमा हामी जितेका थियौँ । त्यसको आधारमा हामीले जतिपनि काम गरेका थियौँ जुन पूर्वाधारका कामहरु स्थापित गर्यौ त्यसको आधारमा र मेरो निर्वाचन क्षेत्र ३ वटा छन् अहिले २, ४ र ५ ।  ३ वटै वडा नेकपा एमाले ले गएको स्थानीय चुनावमा जितेको छ । ५ वर्षमा हामीले जति काम गरेका छौँ त्यो सबै जनतामा प्रत्यक्ष छ । शुसासन दिने हिसाबले व्यक्तिगत रुपमा पनि म माथी अहिले त्यस्तो कुनै आफ्नो टिप्पणी जनताको छैन । मैले उम्मेद्वारीपछि उत्यन्तै उत्साहजनक स्थिति पाएको छु ।  त्यसैले मलाई लाग्छ यो निर्वाचनमा ३ वटै क्षेत्रम हामी विजयी हासिल गर्छौ । 

गठबन्धनको प्रभाव पर्दैन ?

-गठबन्धनमा हाम्रो त्यति प्रभाव पर्दैन । अरु पार्टीहरुहरु मै उनीहरुको समस्या छ प्रदेशसभा मेरोतिर त एकजना नै हुनुहुन्छ गठबन्धन प्रमुख । सबैको आफ्नै टिकट प्रमुख उठ्नुभएको छ । प्रतिनिधिसभामा यसो कतै हेर्ने हो भने टिकट नपाएको कारणले रन्थनिँदै हिँडेको एकजनालाई फुत्त अन्तिम दिनमा ल्याएर पठाइयो भन्ने सुनेका छौं हामीले सायद के कारण हो गठबन्धनले कसरी ल्याएन । यहाँ १०औँ जनाको नाम आएको थियो प्रतिनिधि सभामा यो भन्दा अगाडी प्रतिष्पर्धीमा तर भागाभाग चल्यो । मलाई लाग्छ त्यसले आम जनताले त्यो कुरालाई सामान्य रुपमा रहदैन । किनकी जनताको सुख दुःखमा सँधै साथ रहेको नेपाली काँग्रेसको अथवा गठबन्धनका साथीहरु हुनुहुन्थ्यो ।मलाई दयाँ लागि रहेको छ ति साथीहरु अहिले कतातिर कुना पस्न थाले होलान् । उहाँहरुले साह्रै अपमान फिल गर्नुभएको जस्तो लाग्छ मलाई । त्यसैले गर्दा जनमतको हिसाबले हामीलाई कठिन हुन्छ जस्तो लाग्दैन । 

त्यहिनेर फेरी अर्को कुरा, अघिल्लो निर्वाचन जित्दा तपाईको पार्टी एमाले एक थियो । अहिले विभाजित भएको अवस्था छ । यो अवस्थामा पनि तपाईले सहज जित्ने अवस्था छ त ?

-मेरो निर्वाचन क्षेत्रभित्र चाहिँ त्यस्तो विभाजनको केही असर परेन । अहिले गएको स्थानीय तहको निर्वाचनमा २ वटा वडामा उहाँहरुले उम्मेद्वारी दिनुभएको थियो सिमित सिटमा । करिब अडाइ सय जति मत लिनुभएको छ । माओवादीले टोटल ३०० जति मत लिएको छ । गठबन्धन छैन । नेपाली कांग्रेस र हामी मात्रै प्रतिष्पर्धीको रुपमा रहेका छौँ पार्टीगत रुपमा । आमरुपमा मतदाता स्वतन्त्र हुन्छन् । एजेण्डाकै उद्धारमा उहाँहरुले मत हाल्नुहुन्छ । मेरो क्षेत्र सचेत र बौंदिक व्यक्ति बस्ने क्षेत्र हो  । मलाई विस्वास छ, मैले गरेको काम, अहिलेसम्मको भूमीका आगामी दिनमा जून प्रयोजनको लागि नेतृत्वलाई प्रतिनिधि पठाउँदै हुनुहुन्छ उहाँहरु त्यसको लागि विस्वास गर्ने कुरामा मलाई कुनै दुविधा छैन । 

संघियतामा रहेर निर्वाचित भएको पहिलो ५ वर्ष बिताइरहँदा, प्रदेशको भूमिका बाँधिरहँदा कत्तिका टिकाटिप्पणी भए ?

-प्रदेश नयाँ थियो । संरचना स्वभाविक ढंगले शून्यबाट काम गर्दा कठिनाइ आएकै हो र अलिकति उपस्थिती जनताको बिचमा जसरी हुनुपर्ने त्यो कुरामा जटिलता देखिएकै हो । तर, जब हामी एकात्मक राज्य प्रणालीले प्रगती गरेर अगाडी बढ्न हामीलाई दिएन । विविधताले भरिपूर्ण यो देशले संस्कृतिको हिसाबले, सभ्यताको हिसाबले, भाषाको हिसाबले,जनसंख्याको हिसाबले हरेक हिसाबले विविधता छ त्यसले संघियतामा जानुपर्छ भन्ने कुरा एक किसिमको निष्कर्षमा पुगेर जनताद्वारा ८/८ वर्ष लागेर पनि बनाएको संविधानद्वारा निर्देषित संघियता छोटो समयमै समिक्षा गरेर राज्य प्रणालीमा धेरै गर्नुहुँदैन । 

पछिल्लो समय एउटा प्रणाली विकास हुँदाखेरी झ्यालझ्यालमा मन्त्रालय राख्दा मन्त्रीकै अगाडी संरचनाहरु निर्माण गर्ने र थुप्रै खर्चहरु बढ्ने बेतिथी बढ्ने तथा भ्रष्टाचार बढ्ने कारणले गर्दा केही जनताहरुमा प्रश्न उठ्ने गरेका छन् । त्यसलाई हामीले राजनीतिकको हिसाबले जबाफ दिनुपर्छ  । नेकपा एमाले केही प्रष्ट छ भने आउँने दिनमा नेकपा एमाले नेतृत्व गर्ने ठाउँमा सरकार बन्ने ठाउँमा त्यहाँ पुग्दा यी भएका बिचका कमजोरीहरुबाट शिक्षा लिएर सुधारेर जनताको सेवामा संघियतालाई स्पष्ट रुपमा अगाडी बढाउँनुपर्छ भन्ने कुरामा दृढ छ । 

त्यसमा प्रदेश प्रतिनिधिहरुको राम्रो भूमिका नभएर पनि हो कि ?

-केही कुरा हुनसक्छ जनतामा हामी नयाँ थियौँ । हामी पनि सिक्ने क्रममा थियौँ । बागमती प्रदेशको हकमा थोरै के तटिलता आयो भने राजधानीको मामिलामा अलिक हामी अलि परिक्षण गरेर बसाई बढी काठमाडौंमा हुँने राजधानी हेटौडाका हुँने र विचको राजधानीको बाटोहरुलाई हामी बनाइरहेका छौँ । केही बाटोहरु राम्रो बनाईसकेका छन्, केही बन्ने प्रक्रियामा छन् । जसले गर्दा आउँजाउँमा अलि बढी समय खाने कारणले अलि बढि ध्यान नपुगेको पनि हुँन सक्छ । तर, त्यति हुँदा हुँदै पनि मलाई के विश्वास छ भने हामी यो राज्य प्रणालीमा गैसकेपछि यति छिटै यसलाई अर्को प्रणालीमा अस्तितै अस्तित्वलाई प्रयोगको रुपमा देशलाई लानुहुन्न । यसलाईनै दश विस वर्ष अझ दल कमजोरी छ भने दल परिवर्र्तन गरौँ, नेताले कमजोरी गरेको छ भने नेता परिवर्तन गरौँ, प्रतिनिधिले ठिक भूमिका खेलेन भने त्यसलाई परिवर्तत गर्न सक्ने साथीहरु पठाऔँ । त्यतिमात्र गर्न थाल्यौँ भने पनि संघियताले राम्रो परिणाम दिन्छ भन्ने लाग्छ मलाई ।

कतिपयको भनाई के छ भने जति राजधानी बाहिरका जनप्रतिनिधिहरुले भूमिका निर्वाह गर्नुपर्छ, काठमाडौंमा त्यति धेरै काम हुँदैन । धेरै विकास भैसकेको छ भन्ने छ नि के त्यो साँचो हो ?

-विकासका परिभाषाहरु सापेक्षित हुन्छन् । धेरै विकसित देशहरु पनि त्यो भन्दा अगाडि बढ्न प्रयास गरिरहेका छन् । त्यसैले राजधानी अहिले काठमाडौंको हेर्दा पनि विश्व भरीका राजधानीहरु हेर्दा त्यो लेबलमा पुगेको छैन । त्यसैले अलिकति गुरु योजना बनाएर दिर्घकालिन कालका कामहरुमा हात हाल्नुपर्नेछ । हामी अल्पकालिन कामहरुमा जोड दिइरहेका छौँ । तिनै तहका सरकार मिलेर राजधानीलाई साँच्चै राजधानीको रुपमा विकास गर्नको लागि हाम्रा सम्पदा संस्कृति, सभ्यता पनि जोगिउन् आधुनिक सहर पनि सँगसँगै विकास होस् भन्ने कुरामा सुविचारी ढंगले लाग्नुपर्नेछ । त्यसैले २, ४ वटा मसिनो कुराहरुलेभन्दा प्रदेशलाई पनि भूमीकामा राखेर काठमाडौं महानगरको योजना र गुरु योजना सहित संघिय सरकारको सपोर्टमा राजधानीलाई विकास गर्न हामी लाग्नुपर्ने स्थिती छ । त्यसैले पूर्ण अहिले भैसक्यो भन्ने लाग्दैन । राजधानीको विकास प्रारम्भिक चरणमै छ ।

यसलाई अझ व्यवस्थित गर्न के गर्नुपर्छ ?

-दिर्घकालीन रुपमा नयाँ सहरहरु बस्ती विकासका लागि गूरुयोजना प्रस्तुत गर्नुपर्छ र त्यतिभित्र अडेर काम गर्नुपर्छ । 

Logo