पुलिसलाई डेब्युमै स्वर्ण

पुलिसलाई डेब्युमै स्वर्ण


नेपाल पुलिस क्लबले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगितामा डेब्यूमै स्वर्ण जितेको छ। मंगलबार भएकाे फाइनलमा खेलमा नेपाल एपिएफ क्लबलाई ५ रनले हराउँदै पुलिसले डेब्यू प्रतियोगितामै स्वर्ण जितेको हो ।

पोखरा क्रिकेट मैदानमा पुलिसले दिएको ९० रनको लक्ष्य पछ्याएको एपीएफले २० ओभरमा ७ विकेट गुमाएर मात्र ८४ रन बनायो । एपीएफका लागि रोमा थापाले २६ तथा राजमती ऐरीले अविजित १२ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

पुलिसका लागि ईश्वरी विष्टले २ तथा हिरन्माई रोय,संगिता राई र कप्तान रुबिना क्षेत्रीले समान १/१ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको पुलिसले २० ओभरमा ४ विकेट गुमाएर ८९ रन बनाएको थियो ।पुलिसका लागि काजल श्रेष्ठले २७ रन बनाउँदा सम्झना खड्काले २१ रन बनाइन् ।  एपीएफका लागि नेरी थापा,इन्दु बर्मा र कप्तान सीता राना मगरले समान १/१ विकेट लिए ।

Logo