वाणिज्य बैंकहरुले बढाए कर्जाको व्याजदर, कसकाे कति ?

वाणिज्य बैंकहरुले बढाए कर्जाको व्याजदर, कसकाे कति ?


वाणिज्य बैंकहरुले कर्जाको व्याजदर बढाएका छन् । मंगलबारदेखि लागुहुने गरी बैंकहरुले कर्जाको व्याजदर १८.२८ प्रतिशतसम्म कायम गरेका हुन् ।  

बजारमा लगानी योग्य रकम (तरलता)को अभाव हुँदा कर्जा र निक्षेपको व्याजदर बढ्छ । निक्षेप धेरै संकलन भयो भने कर्जाको व्याजदर घट्छ । अहिले बैंकहरुमा  धेरै निक्षेप संकलन हुन नसक्दा कर्जाको ब्याजदर बढेको बैंकहरुले जनाएको छ । हाल बैंकहरुमा लगानी योग्य रकमको अभाव कायमै रहेको छ । तरलता अभाव  न्यून गर्न नेपाल राष्ट्र बैंकले रिपो जारी गर्ने, सापटी दिने गर्दै आएको छ । तर, तरलता अभाव सहज भने हुन सकेको छैन् । 

यस्तै, वाणिज्य बैंकहरुले प्रकाशित गरेको नयाँ ब्याजदरअनुसार आजबाट ऋणीहरुले १८.२८ प्रतिशत ब्याज तिर्नुपर्ने भएको छ । अहिले बैंकहरुको औषत आधारदर ९.९२ रहेको छ । यद्यपी औषधभन्दा कम आधारदर हुने १० वटा मात्र बैंक रहेका छने भने बाँकी सबै बैंकहरुको आधारदर औषधभन्दा बढी रहेको छ । 

नयाँ ब्याजदर अनुसार सिद्धार्थ बैंकको औषत आधारदर ९.८५, प्रमु बैंकको आधारदर ९.६२,  कृषि विकास बैंकको आधारदर ९.२७,  एभरेष्ट बैंकको आधारदर ९.२५, नेपाल इन्भेटमेन्ट बैंकको ९.१३, नेपाल बैंकको ८.९१, स्टयान्डर्ड चार्टर्ड बैंक ८.४५, नबिल बैंकको ८.७७ र राष्ट्रिय बाणिज्य बैंकको ७.८६ प्रतिशत रहेको छ । 

यस्तै अरु बैंकको आधारदर औषध भन्दा धेरै रहेका छन् । सबै भन्दा धेरै सिभिल बैंकको रहेको छ । बैंकको आधारदर ११.१५ प्रतिशत रहेको छ । यस्तै, बैंक अफ काठमाण्डूको आधारदर १०.२८, एनआईसी एशिया बैंकको आधारदर १०.३३, नेपाल एसबीआई बैंक आधारदर १०.०६, एनसीसी बैंकको आधारदर १०.५२, कुमारी बैंकको आधारदर १०.८७, माछापुच्छ्रे बैंकको आधारदर १०.३६, हिमालयन बैंकको आधारदर ९.८८, सनराइज बैंकको आधारदर १०.८१, सेन्चुरी बैंकको आधारदर १०.७५, सिटिजन्स बैंकको आधारदर १०.५५, ग्लोबल आइएमई बैंकको आधारदर १०.१ प्रतिशत, लक्ष्मी बैंकको आधारदर १०.३१, मेगा बैंकको आधारदर १०.४६, सानिमा बैंकको आधारदर १०.०४, प्राइम बैंकको आधारदर ९.९९, एनएमबी बैंकको आधारदर १०.०२ प्रतिशत रहेको छ । 

उक्त बैंकहरुबाट कर्जा लिदाँ ५ देखि ७ प्रतिशतसम्म प्रिमियम थपिने बैंकहरुले जनाएको छ । यस्तै, ५ देखि ७ प्रतिशत प्रिमियम थपिदा ऋणीहरुले १४.२७ प्रतिशतदेखि १८.२८ प्रतिशतसम्म कर्जा ब्याज तिर्नुपर्छ । सबै भन्दा थोरै ब्याज सरकारी समृत्वमा रहेको बैंकको छ । कृषि विकास बैंकबाट कर्जा लिदाँ १४.२७ प्रतिशत ब्याज तिर्न पर्छ भने बैंक अफ काठमाडौंबाट कर्जा लिदाँ १८.२८ प्रतिशत व्याज तिर्नुपर्छ ।

Logo