राउण्ड टेबल नेपालले गर्‍याे सफल व्यक्तित्वहरुलाई सम्मान

राउण्ड टेबल नेपालले गर्‍याे सफल व्यक्तित्वहरुलाई सम्मान


राउण्ड टेबल नेपालले सम्मानजनक छवी बनाउन सफल व्यक्तित्वहरुलाई सम्मान गरेको छ । हालै संघीय राजधानी काठमाडौंमा आयोजित एक समारोहमा राउण्ड टेबल इन्टरनेशनलमा आफ्नो सम्मानजनक छवी बनाउन सफल व्यक्तित्वहरुलाई सम्मान गरिएको हो । 

सम्मानित हुनेहरुमा नेपाली नागरिकको तर्फबाट पहिलो पटक राउण्ड टेबल इन्टरनेशनलको अध्यक्ष बन्न सफल जयन्त अग्रवाल, राउण्ड टेवल इन्टरनेशनलका एसिया प्यासेफिक अध्यक्ष सौरभ केडिया, राउण्ड टेबल इन्टरनेशनलकाका कन्टेन्ट क्रिएटर तथा वोर्ड असिस्टेन्ट विमल सिद्धार्थ बेद छन् । सो अवसरमा सम्मानित हुने व्यक्तित्वहरुलाई राउण्ड टेवल नेपालका अध्यक्ष राहुल अग्रवालले मायाको चिनो प्रदान गरेका थिए । 

सो समाहरोहमा पूर्वसांसद बिमल केडिया,एनएएफ टीएकाअध्यक्षविनोद सेठिया, उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारका, रोटरी क्लवका डिस्ट्रक गभर्नर जितेन्द्र राजभण्डारी, लाइन्स क्लव काउन्सिलका अध्यक्ष केशव पाण्डे, नेपाल पर्यटन बोर्डका धन्नजय रेगमी, ४१ कल्ब अफ नेपालका अध्यक्ष मनोज दास,लेडिज सरकल नेपालका अध्यक्ष मानसी अग्रवाल, कान्तिपुरका प्रमुख कार्यकारी अधिकृत महेश्वर स्वरले आतिथ्यता ग्रहण गर्दै सम्मानित व्यक्तिहरुलाई शुभकामना मन्तब्य दिएका थिए । 

राउण्ड टेवल नेपालका अध्यक्ष अग्रवालको सभापतित्वमा आयोजना भएको सम्मान समारोहमा डेढ सय भन्दा बढीको उपस्थिति रहेको थियो । राउण्ड टेबल इन्टरनेशनलअन्तर्गत विश्वका ६५ देशमा ३० हजार सदस्यहरु रहेका छन् । “शिक्षामार्फत स्वतन्त्रता ” नामक दीर्घकालिन परियोजना चलाउँदै आएको राउण्ड टेबलले ५० भन्दा बढि विद्यालयहरुको अपनत्व ग्रहण पनि गरिसकेको छ । 

Logo