प्रेसिडेन्सियल कलेजलाई ‘एक्सिलेन्स एजुकेसन र इमर्जिङ आईटी कलेज अफ दि इयर अवार्ड’

प्रेसिडेन्सियल कलेजलाई ‘एक्सिलेन्स एजुकेसन र इमर्जिङ आईटी कलेज अफ दि इयर अवार्ड’


काठमाडौं थापागाँउमा रहेको प्रेसिडेन्सियल बिजनेस कलेज ‘एक्सिलेन्स एजुकेसन र इमर्जिङ आईटी कलेज अफ दी इयर अवार्ड –२०२२’ बाट पुरस्कृत भएको छ ।

संयुक्त अरब इमिरेट्स (युएई)को दूबईमा आयोजित एक कार्यक्रमबीच अंग्रेजी मासिक पत्रिका कलेज रिडर्सले प्रेसिडेन्सियल कलेजलाई उक्त अवार्ड प्रदान गरिएको हो । नेपाल एजुकेशन अवार्ड समारोहमा प्रेसिडेंशियल बिजनेस कलेजलाई उक्त एवार्ड प्रदान गरिएको हो । 

कार्यक्रममा प्रमुख अतिथिका रुपमा दुबई बिजनेस काउन्सिलका अध्यक्ष डा. आशिक अली, विशेष अतिथिका रुपमा दुबई सरकारका प्रतिनिधि एवं दुबईका सुरक्षा प्रमुख महमद हुसेन र मधेश विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक शाक्यले संयुक्त उपस्थितीमा अवार्ड वितरण तथा सम्मान कार्यक्रम सम्पन्न भएको थियो ।

अवार्ड वितरण समारोहलाई सम्बोधन गर्दै प्रेसिडेन्सियल बिजनेस कलेजकी प्रिन्सिपल कल्पना गुरुङले अवार्डले अझ राम्रो गर्न प्रेरित गरेको बताउँदै शैक्षिक क्षेत्रमा नयाँ केही गर्न प्रोत्साहन मिलेको बताइन् । उनले भनिन्, “स्कूलको ध्यान र समर्पण शैक्षिक उत्कृष्टताप्रति छ भन्ने कुरा स्कुलले पाएको अवार्डले प्रमाणित गर्छ । आजबाट शैक्षिक क्षेत्रमा थप गर्ने जिम्मेवारी पनि थपिएको छ ।”

अवार्ड वितरण कार्यक्रममा देशभरका विभिन्न विद्यालय, क्याम्पस, तथा शैक्षिक प्रतिष्ठानलाई ३४ विधा र १६ जना व्यक्तिलाई विभिन्न ५० वटा शीर्षकमा अवार्ड वितरण गरिएको थियो । 

प्रेसिडेन्सियल बिजनेस कलेज शैक्षिक क्षेत्रमा नमूना केन्द्रका रुपमा विकास गर्ने लक्ष्यका साथ सन् २०११ मा स्थापना भएको हो । यो कलेजले अमेरिकाको वेस्टक्लिफ युनिभर्सिटीका कोर्सहरु अध्यापन गराइरहेका छ ।

Logo