एमाले अध्यक्ष ओलीको स्वास्थ्यमा समस्या

एमाले अध्यक्ष ओलीको स्वास्थ्यमा समस्या


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएको छ । ओलीलाई रुघाखोकी र ज्वरो आएको बताइएको छ । 

मंगलबार चुनावी कार्यक्रमका लागि झापा पुगेका ओलीलाई रुघाखोकीको ज्वरो आएको एमाले झापा ५ (क) का उम्मेदवार समेत रहेका हिक्मत कार्कीले बताए । 

रुघाखोकीको ज्वरो आएर ओली आज भेटघाट तथा अन्य कार्यक्रममा जान नसकेको उनले बताए । आज ओलीले दमकस्थित निवासमै आराम गरेका थिए ।

Logo