जन्मिएको ३ दिनमै अनौठो शिशुको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा जन्मिएको अनौठो बच्चाको तीन दिनमै मृत्यु भएको छ । गत बिहीबार बेलडाँडी गाउँपालिका ४ वैवाहकी २६ वर्षीया महिलाले जन्माएको अनौठो शिशुको मृत्यु भएको हो ।

शनिवार मृत्यु भएको शिशुको खाल्डोमा पुरेर दाहसंस्कार गरिएको छ । बेथाले च्यापेपछि उनलाई अस्पताल लैजाने क्रममा बाटोमै बालिका शिशु जन्माएकी थिइन् ।

बेलडाँडी प्राथमिक स्वास्थ्य केन्द्र पुगेकी उनलाई स्वास्थ्य केन्द्रले सेती अस्पताल धनगढी रेफर गरेको थियो । बच्चाको आँखा खुलेका थिएनन् भने मुख ठूलो थियो । कान, खुट्टालगायत पूरै शारीरिक बनावट फरक थियो । ११ सय ग्राम तौ रहेकी शिशुलाई हेर्न स्थानीयको भिड लागेको थियो ।

कञ्चनपुरमा जन्मियो अनौठो शिशु

जन्मिएको ३ दिनमै अनौठो शिशुको मृत्यु