नायिका श्वेता खड्कालाई माछापुच्छ्रे बैंकको साथ

श्वेता श्री फाउण्डेशनले सिन्धुपाल्चोकमा निर्माणाधिन एकिकृत नमुना माझी बस्तीलाई माछापुच्छ्रे बैंकले आर्थिक सहयोग गरेको छ ।

आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले नायिका श्वेता खड्कालाई आज एक कार्यक्रमका बिच बैकका ७ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

नायिका खड्काले आफ्न स्वर्गिय पती नायक श्री कृष्ण श्रेष्ठको स्मृतिमा स्थापित श्वेता श्री फाउण्डेशनले यतिखेर सिन्धुपाल्चोकमा ५३ ओटा भुकम्प प्रतीरोधात्मक आवास शाहीत अन्य पुर्वाधारको समुचित ब्यवस्थापन गरी नमुना बस्तिको निर्माण गरिरहेको छ । अहिलेसम्म ५३ वटा आवास निर्माणको कार्य सकिएता पनि आर्थिक अभावका कारण सडक, बालबगैँचा, स्वास्थ्य चौकी, रिटेनिङ्ग वाल लगायत अन्य आवश्यक पुर्वाधारहरु निर्माणको काम अगाडि बढ्न कठिन भएको थियो ।

माछापुछ्रे बैंकले प्रदान गरेको सहयोग ग्रहण गर्दै नायिका खड्काले माझी बस्ती अभियानमा माछापुच्छ्रे बैंकले देखाएको चासो र अग्रसरताले आफुलाई निक्कै हौसला मिलेको बताउंदै निर्माणाधिन माझी बस्तिलाई श्वेता खड्का एक्लैको बस्तिको रुपमा नलीइ सबैको साझा बस्तिको रुपमा आत्मसाथ गरिदिन आग्रह गरेकी छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले भुकम्पबाट थालिएका माझी समुदायको लागि आफ्नो बैंकको तर्फबाट सानै भएपनि सहयोग गर्न पाएकोमा खुशी लागेको बताउँदै निर्माणाधिन माझी बस्तिलाई माछापुच्छ्रे बैंकले पनि आफ्नै बस्तिको रुपमा ग्रहण गरेको बताए ।