सफ्ट टेनिस मिक्स डबल्समा प्रदेश -१ लाई स्वर्ण

सफ्ट टेनिस मिक्स डबल्समा प्रदेश -१ लाई स्वर्ण


पोखरा रंगशालास्थित टेनिस कोर्टमा बुधबार सफ्ट टेनिस प्रतियोगिता सम्पन्न भएकाे छ ।

प्रतियोगितामा प्रदेश १ का युकेश योञ्जन र श्रेया योञ्जनको जोडीले ५–२ को सेटमा बागमती प्रदेशका प्रदीप खत्री र जर्जीयाँ चौधरीको जोडीलाई पछि पार्दै स्वर्ण जितेको हो । प्रतियोगितामा बागमतीले रजतमा चित्त बुझाउनु पर्‍यो ।

नेपाल पुलिसका कमल भण्डारी र विष्णा भण्डारी साथै एपीएफका हरकसिंह धामी र भगवती विकले काँस्य पदक प्राप्त गरे ।

यसअघि मंगलबार सफ्ट टेनिस डबल्सतर्फको दुई स्वर्ण विभागीय टोली नेपाल प्रहरी र एपीएफले बाँडेका थिए । पुरुषतर्फ पुलिसका नरबहादुर लुङगेली र कमल भण्डारीको जोडीले, महिलातर्फ एपीएफका भगवती बि.क.र समृद्धि महर्जनको जोडीले स्वर्ण दिलाएका थिए ।

Skip This
Logo