महिला ट्रिपल जम्पमा शीलालाई स्वर्ण

महिला ट्रिपल जम्पमा शीलालाई स्वर्ण


सशस्त्र प्रहरी बलको एपिएफ क्लबकी शिला चौधरीले नवौँ राष्ट्रिय खेलकुदको महिला ट्रिपल जम्पमा स्वर्ण पदक जितेकी छन् ।

बिहीबार बिहान पोखरा रंगशालामा भएको खेलमा उनले ११ दशमलव ०१ मिटर जम्प गर्दै एपिएफलाई स्वर्ण पदक दिलाइन् । यस्तै, नेपाल पुलिस क्लबकी सीमा चौधरीले १० दशमवल ७६ मिटर जम्प गरेर रजत पदक तथा एपिएफकै रञ्जिता राईले ९ दशमलव ९१ मिटरसहित कास्य पदक जितिन् ।

Logo