परराष्ट्रमन्त्री ज्ञवाली माल्दिभ्स प्रस्थान

काठमाडौं,

माल्दिभ्समा आयोजना हुने हिन्दमहासागर अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आइतबार राति त्यसतर्फ प्रस्थान गर्नुभएको छ । दुई दिने सम्मेलन भोलि मंगलबारदेखि माल्दिभ्सको राजधानी मालेमा शुरू हुँदैछ ।

चौथो सम्मेलनको नारा ‘हिन्दमहासागर क्षेत्रको सुरक्षाः परम्परागत तथा आधुनिक चुनौती’ तय गरिएको छ। सम्मेलनमा विभिन्न ४० देशका राष्ट्रप्रमुख, सरकारप्रमुख, परराष्ट्रमन्त्री, मन्त्री र अन्य सरोकारवाला अधिकारी सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्री ज्ञवालीले भोलि मंगलबार सम्मेलनलाई सम्बोधन गर्ने उहाँका प्रेस संयोजक सुदन ज्ञवालीले बताउनुभयो ।