आज देशभर थपिए ५३ कोरोना संक्रमित, ५१ जना निकाे भए

आज देशभर थपिए ५३ कोरोना संक्रमित, ५१ जना निकाे भए


नेपालमा पछिल्लो २४ घण्टामा थप ५३ जना कोरोना संक्रमित थपिएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार एक ५७१ जनाको नमुना परीक्षण गर्दा ५३ जनामा कोरोना पुष्टि भएको हो । यस अवधिमा ५१ जना संक्रमणमुक्त भएका छन् भने कसैको मृत्यु भएको छैन । 

नेपालमा कोरोना संक्रमणका कारण हालसम्म १२ हजार १८ जनाले ज्यान गुमाएको मन्त्रालयको तथ्यांक छ । साथै हाल नेपालमा ७२७ जना सक्रिय कोरोना संक्रमित छन् । 

Logo