हाम्रो पात्रो एप १३औं वर्षमा, “हाम्रो पे” रिलिजको तयारी

हाम्रो पात्रो एप १३औं वर्षमा, “हाम्रो पे” रिलिजको तयारी


हाम्रो पात्रो एप आजबाट १३औँ वर्षमा प्रवेश गरेको छ। सन् २०१० मा एउटा डिजिटल पात्रोका रूपमा आएको हाम्रो पात्रो अनेकौँ उतारचढावका बिच नेपालको सर्वाधिक डाउनलोड भएको मोबाइल एप मात्र नभई सर्वाधिक धेरै विश्वास गरिएको डिजिटल थलो बन्न सफल भएको छ । 

सन् २०१० मा आइएसओमा रिलिज गरिएको पात्रो क्रमशः सन् २०१२ मा एन्ड्राेइडमा रिलिज भएको थियो। सो पात्रो आज आएर तिथि मिति, समाचार, विदेशी विनिमय दर, तरकारीको भाउ देखि टेली हेल्थ, अनलाइन ज्योतिष अनि जन्म कुण्डली मिलान , रेमिटेन्स सम्मका अनेक सुविधा सम्पन्न मोबाइल सहयात्री बनिसकेको छ।

सन् २०१५ मा १० लाख भन्दा बढी डाउनलोड सीमा नाघेको हाम्रो पात्रोले त्यसै वर्ष देखि नेपालमा कार्यालय खोलेर आफ्नो उपस्थिति र प्रभावलाई झनै सशक्त बनाउन थालेको थियो । सन् २०१८ मा ५ मिलियन अर्थात् ५० लाख डाउनलोडको सीमा नाघ्दै हाम्रो पात्रोले ज्योतिष कल सेवा पनि सुरुवात गरेको थियो ।

१२औं बार्षिकउत्सव अवसरमा हाम्रो पात्रो इंक. का फाउन्डर सीईओ शंकर उप्रेतीले प्रयोगकर्तालाई धन्यवाद व्यक्त गरेका छन् । उनले भने, ‘यसबाट अझ काम गर्न थप हौसला प्राप्त भएको छ,’ म सबै प्रयोगकर्ताहरूलाई उहाँहरूको विश्वासको लागि आभार ब्यक्त गर्दछु। यी डाउनलोडका सख्याँहरु हाम्रा लागि विश्वास र सहयात्री हुन्। हामी थप जिम्मेवार र विश्वासिलो बन्ने प्रणका साथै अघि बढ्दै गयौँ र हाम्रो पात्रोको १२ औँ वर्ष सम्म यो यस यात्रामा हामी यहाँहरू सबै जनालाई हार्दिक साधुवाद र अझै सयौँ वर्ष सम्म डिजिटल र अर्थपूर्ण सहयात्रा गर्ने वाचा गर्न चाहन्छौँ ।’

सन् २०१९ मा हाम्रो पात्रोमार्फत बाटै मोबाइल रिचार्ज सेवा पनि प्रदान गर्न थालियो । सन् २०२० मा इ कमर्स पनि जोड्दै हाम्रो पात्रोले सन् २०२१ मा रेमिटेन्स र टेली हेल्थ सुविधा पनि थप्यो । सन् २०२२ मा हाम्रो पे पनि थप्दै हाम्रो पात्रो वास्तवमा नै एउटा सब थोक भएको सर्वाधिक विश्वासिलो र नेपाली मोबाइल सहयात्री बन्न सफल भएको बताइएको छ । 

Logo