वीर अस्पताल मिर्गौला प्रत्यारोपण प्रकरणः छानबिन समिति गठन, बिरामीको उपचार नि:शुल्क

वीर अस्पताल मिर्गौला प्रत्यारोपण प्रकरणः छानबिन समिति गठन, बिरामीको उपचार नि:शुल्क


चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको मिर्गौला प्रत्यारोपण घटनामा छानबिन समिति गठन भएको छ । अस्पतालले सर्जरी विभागका चिकित्सक डा. प्रविण श्रेष्ठको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको हो । 

समिति सदस्यमा रेडियोलोजी विभागका प्रमुख डा. सरोज शर्मा, मेडिसिन विभागका प्रमुख डा. अशेष ढुंगाना, सीटीभीएस विभागका प्रमुख डा. दिनेश चापागाईं, एनेस्थेसिया विभागकी डा. ऋतु प्रधान, प्रमुख नर्सिङ प्रशासक संगीता श्रेष्ठ र शाखा अधिकृत सीताराम खड्का रहेका छन् ।

समितिलाई छानबिन गरी प्रतिवेदन पेस गर्न २ साताको समय दिइएको छ ।

मंगलबार धादिङकी ३२ वर्षीया महिलाको मिर्गौला प्रत्यारोपणका लगि उनकी सासुको मिर्गौला झिकिएको थियो । तर, प्रत्यारोपण गर्न निकालिएको मिर्गौला चिकित्सकले सम्बन्धित पक्षलाई जानकारी नै नगराइ अलपत्र छाडेर हिँडेका थिए । त्यसपछि अस्पतालमा विवाद मच्चिएको हो ।

मिर्गौला प्रत्यारोपणको काम युरोसर्जन डा. अनिल श्रेष्ठ र डा. पारसमणि श्रेष्ठले गर्दै थिए । उनीहरु दुवै वीरमा मिर्गौला प्रत्यारोणका लागि अनुमति पाएका चिकित्सक हुन् । तर, उनीहरुले ५८ वर्षीया महिलाको मिर्गौला काम नलाग्ने भएको भन्दै अलपत्र छाडेर अस्पतालबाट हिँडेका थिए । 

हाल अस्पताल र बिरामी पक्षबीच तीन बुँदे सहमति भएको छ । छलफलमा बिरामीको हालसम्मको उपचार खर्च मिनाहा गर्ने र आगामी दिनको उपचार पनि निशुल्क गर्ने अस्पताल र बिरामी पक्षबीच सहमति भएको हो ।​

Logo