पशुपतिमा सुन्दरीहरूको तीज (भिडियोमा)

काठमाडौं । हरितालिका तीज वैदिक सनातनधर्मी महिलाहरूको प्रिय पर्व हो । कामकाजी हुन् वा गृहिणी, हरेक तह र तप्काका नेपाली महिलाहरू यो पर्वको प्रतीक्षामा बसेका हुन्छन् । अध्यात्म, परम्परा एवं मनोरञ्जनको त्रिवेणी हो तीज ।

बहुसंख्यक नेपाली महिलाहरूको खुसी गाँसिएको यो पर्वमा महिला कर्मचारीका लागि सरकारी विदा दिइएको छ । तीजको अवसरमा हिन्दुहरूका आरध्यदेव पशुपत क्षेत्रमा हजारौंको संख्यामा भक्तजनहरूको भीड छ । दिनभर व्रतालुहरू नाचगान र पूजापाठमा मग्न हुन्छन् ।