#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व32197276983610746235923751307
नेपाल693014531843750411

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न गौतम र पौडेल सिंगापुर जाने

काठमाडौं । सिंगापुरमा उपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न सत्तारुढ दल नेकपाले दुई नेतालाई त्यसतर्फ पठाउने भएको छ । नेकपाका प्रस्तावित उपाध्यक्ष बामदेव गौतम र महासचिव विष्णु पौडेल ओलीको स्वास्थ्य अवस्था बुझ्न मंगलबार त्यसतर्फ जाने भएका हुन् ।

प्रधानमन्त्री ओली भदौ ५ गते स्वास्थ्य उपचारका लागि सिंगापुर गएका थिए । यतिबेला उनको सिंगापुरको न्याशनल यूनिभर्सिटी हस्पिटलमा प्लाज्मा फेरेसिस प्रक्रियाबाट एण्टीबडीको मात्रा घटाउन उपचार भइरहेको छ ।

प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका लागि यसअघि १८ साउनमा सिङ्गापुर गरेर करिब दस दिनपछि स्वदेश फिर्ता थिए । १२ वर्षअघि भारतमा मृगौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओली शुक्रबार स्वदेश फर्किने कार्यक्रम छ । उपचारअघि ओलीलाई भेटेर सँगै फर्किने दुवै नेताहरूको योजना छ ।

सम्बन्धित समाचारहरु