राष्ट्रपति सी तेस्रो कार्यकालका लागि अनुमोदित हुँदै

राष्ट्रपति सी तेस्रो कार्यकालका लागि अनुमोदित हुँदै


चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)ले शनिबार सी जिनपिङको नेतृत्वमा रहेको "मूल स्थिति" लाई समर्थनसहित पारित गरेको छ ।  जारी चिनियाँ कम्युनिस्ट पार्टीको २०औं महाधिवेशन समापनपछि उनी तेस्रो कार्यकालमा निर्वाचित हुने लगभग निश्चित छ। 

सबै पार्टी सदस्यहरू पार्टी केन्द्रीय समिति र समग्र पार्टीपङ्क्तिले पार्टी महासचिव सी चिनफिङको राजनीतिक र पदीय स्थितिलाई समर्थन गर्ने तयारीमा छन् । यो सँगै उनी राष्ट्रपतिको तेस्रो कार्यकालका लागि निर्वाचित हुँदै छन् । 

साथै महाधिवेशनले २ सय ५ सदस्यीय केन्द्रीय कमिटी चयन गर्दा शक्तिशाली पोलिटब्युरो स्ट्यान्डिङ कमिटीका सदस्यहरु प्रधानमन्त्री ली खछ्याङ, ली चान्सु, वाङ याङ र हान झेनलाई बिदा दिएको छ । वाङ चीनको पिपुल्स पोलिटिकल कन्सलटेटिभ कन्फरेन्सको अध्यक्ष हुन् भने हान उपप्रधानमन्त्री हुन् । ली चान्सु चिनियाँ जन कांग्रेसका अध्यक्ष हुन् । सामान्यतया चीनमा ६८ वर्षभन्दा बढी भएका नेताहरुलाई जिम्मेवारीबाट अवकास दिने गरिएको छ ।

Skip This
Logo