स्वयम्भूमा छुरा प्रहार, कलङ्कीमा छतबाट खसालियो

सोमबार राति काठमाडौको  स्वयम्भूका एक व्यक्तिको हत्या भएको छ । काठमाडौको नागार्जुन नगरपालिका ५ बस्ने वर्ष २५ को आकाश बस्नेतलाई छातीमा छुरी प्रहार गरी हत्या गरिएको हो। बस्नेतको बायाँ छातीमा छुरा प्रहार गरिएको छ।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले ३ जना पक्राउ गरी अनुसन्धान गरिरहेको छ।  महानगरीय प्रहरी वृत्त स्वयम्भूका डिएसपी लालध्वज सुवेदीले घटनाको सुक्ष्म अनुसन्धान भैरहेकाले अहिले नै केही भन्न नसकिने बताए।

त्यस्तै कलंलीमा एक व्यक्तिलाई घरको छतबाट खसालिएको छ।  नारायणी रेष्टुरेण्टमा खाजा खान गएका ६ जना व्यक्तिले त्यहाँ काम गर्ने कामदारलाई छतबाट खसालेको प्रहरीले जनाएको छ।

ग्राण्डी अस्पतालमा उपचाररत उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।