महामारीकै रूपमा फैलँदो डेंगु, जोगिने कसरी ? (भिडियो रिपोर्ट)

नेपालमा पहिलो पटक १५ वर्षअघि चितवनमा देखिएको डेंगु अहिले ६ वटा प्रदेशको ४२ जिल्लामा फैलिएको छ । ४ महिनाको अवधिमाकरिव ४ हजार ६ सय ११ जनामा देखिएको डेंगुले यो वर्ष महामारीको रूप लिएको छ। प्रत्येक वर्ष मनसुनको समयमा देखिने डेंगुले यस वर्ष भने संघीय राजधानी उपत्यकामा समेत प्रवेश गरेर महामारीको रूप लिएको छ।

अझ डरलाग्दो कुरा त के छ भने स्वास्थ्य मन्त्रालयले समेत डेंगु नियन्त्रण गर्न नसक्ने बताएको छ । जनता नै जागरुक भएर लामखुट्टेका लार्भा नष्ट गर्नुपर्ने बताउँछिन् स्वास्थ्य सचिव पुष्पा चौधरी । सरकारले गतआर्थिक वर्ष २०७५-७६ मामात्र डेंगु नियन्त्रणको लागि७  करोड ९३ लाखखर्च गरेको थियो भने यसको नियन्त्रणमा हरेक वर्ष करोडौं रुपैयाँखर्चिरहेको छ तर उपलब्धि लगभग शून्य छ ।

ईपिडिमियोलोजीतथा रोग नियन्त्रण महाशाखा टेकुको ६ वर्षसम्मको तथ्यांक हेर्दा आर्थिक वर्ष २०७०-७१ मा ३ सय ४ जना, वर्ष २०७१-७२ मा १ सय ३४ जना, २०७२-७३ मा १ हजार ५ सय २७जना, वर्ष २०७३-७४ मा २ हजार १ सय ११ जनामातथावर्ष २०७४-७५ मा ८ सय ११ जनालाई डेंगु देखिएको थियो ।

के हो डेंगु ? कसरी फैलन्छ ?

टेकू अस्पतालका प्रमुख विशेषज्ञ डा. अनुप बास्तोलाका अनुसार डेंगु लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक (सरुवा) रोग अर्थात् एक प्रकारको ज्वरो हो । भाइरस शरीरमाबोकेको एडिस एजिप्टाई जातको पोथीलामखुट्टेको टोकाइबाट यो रोग सर्छ । चिकित्सकहरू डेंगुलाई सहरीकरण वा सडकसँग जोडिएको रोगका रूपमाचित्रित गर्छन् ।

विज्ञका अनुसार यो लामखुट्टेले विशेषगरी जथाभावी फालिएका बोतल, टायर, भाडाकुँडा, घरमाहुने गमला, खुला छाडिएका पानी ट्यांकीमाफुल पार्छ । एडिज नामक लामखुट्टेले विशेषगरी दिउँसो टोक्ने गर्दछ । अन्यलामखुट्टेले फोहोर पानीमा फुल पार्छ तर, यसले सफा पानीमा फुल पार्छ ।

यो लामखुट्टेको अण्डा कालो रंगको हुन्छ, लामखुट्टेको शरीर र खुट्टामा कालो र सेतो धर्का हुन्छ । त्यसैले यो लामखुट्टेलाई टाइगर लामखुट्टेको नामले पनि चिनिन्छ । लामखुट्टेको शरीरमा भाइरस भएको बेला अर्थात् २ देखि ७ दिन भित्र कुनै स्वस्थ मानिसलाई टोक्दा डेंगु सर्छ ।

चिकित्सककाअनुसार डेंगु भाइरस मार्ने र निर्मूल गर्ने कुनै विशेष औषधि नहुने भएकाले यो रोगमा अनावश्यक औषधिको प्रयोग गर्नु हुँदैन ।
डेंगु भाइरसका १ देखि ४ प्रकार (प्रजाति) छन् ।

डेंगुमा सुरुमा जोखिम कम भएपनि एकपटक डेंगु भइसकेको मान्छेलाई दोस्रोपटक हुने र दोस्रोपटक हुँदा अर्को नयाँप्रजातिको भाइरस संक्रमण भए जटिल रूप लिने चिकित्सकहरू बताउँछन् । डेंगुको प्रकोपको बेलामा एकभन्दा बढी सेरोटाइपहरू फेला पर्ने अनुसन्धानले देखाएको छ।

एउटा बिरामीमा एकभन्दा बढी सेरोटाइपको संक्रमण हुँदा विभिन्न लक्षणहरू देखिन्छन् । पहिले रोग लगेर निको भइसकेको मानिसमापुनः रोग लाग्दा शरीरमापहिलाभएको एन्टीबडीको कारणले रोगको प्रकृति कडा खालको हुने गर्दछ ।

डेंगु रोग क्लासिक, हेमोरेजिक र साक सिन्ड्रोम गरी तीनप्र कारका हुन्छन् । पहिलोपटकको संक्रमणमा डेंगु सामान्यअर्थात् क्लासिक हुन्छ। यस्तो अवस्थामाविशेष उपचारबिनै पनि डेंगु आफै निको भएर जाने र मृत्युको जोखिम पनि कम हुन्छ । डेंगु जटिल बनेमा आन्तरिक रक्तश्रावको अवस्था (डेंगु हेमोरेजिक) हुन्छ। अन्य लक्षणसहित कडा खालको ज्वरो गराउने भएकाले डेंगु ज्वरोमा फ्लेक्सनभन्दा सामान्य सिटामोल उपयुक्तहुने चिकित्सक बताउँछन् ।

थप भिडियोमा