पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनकाे साधारण सभा कार्तिक २६ मा

पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनकाे साधारण सभा कार्तिक २६ मा


पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा)को १७औँ वार्षिक साधारण सभा तथा ९औँ अधिवेशन आगामी कार्तिक २६ गते हुने भएको छ । प्रबन्ध समितिको बैठकको निर्णय बमोजिम सो दिन दरबारथोकस्थित दरबार ब्याङक्वेटमा साधारण सभा हुन लागेको हो । 

उक्त उक्त साधारण सभा तथा अधिवेशनका लागि एसोसिएसनलाई बुझाउनुपर्ने मासिक शुल्क वा नवीकरण शुल्कहरु बाँकी भएमा कार्तिक १६ गते भित्र बुझाउन समेत एसोसिएसनले अनुरोध गरेको छ ।

साधारण सभा तथा अधिवेशनमा विभिन्न वार्षिक प्रतिवेदन प्रस्तुत, छलफल र पारितका साथै एसोसिएसनको आर्थिक वर्ष २०७९/८०को लागि लेखापरिक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने कार्यसूची रहेको छ ।

साथै विगतमा जस्तै यस वर्ष पनि संस्थाका सदस्यहरुका घरपरिवार मध्येबाट २०७८ को एसईई परीक्षमा सर्वोकृष्ट अंक ल्याई उत्तीर्ण गरेको छात्र, छात्रालाई सम्मान कायक्रम पनि रहेको हुँदा विद्यालयले प्रदान गरेको सर्टिफिकेट,मार्कसिट, निवेदन र फोटोसहित कार्तिक १८ गतेभित्र संस्थाको कार्यालय नयाँबजार, पोखरामा बुझाउन अनुरोध गरेको छ ।

Logo