आज थप ४१ जनामा कोरोना सङ्क्रमण

आज थप ४१ जनामा कोरोना सङ्क्रमण


आज थप ४१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक हजार २५० नमूना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । आज ५९ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ६९६ छ । 

हालसम्म नेपालमा १० लाख चार सय ५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये नौ लाख ८७ हजार ७४१ जना सङ्क्रमणमुक्त भएका छन् भने १२ हजार १८ जनाको मृत्यु भएको छ ।
 
आइतबार आठ हजार ४० जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।  

Logo