पर्सामा एउटै नगरपालिकाका ३८ सहित ९२ संक्रमित थपिए

पर्सामा एउटै नगरपालिकाका ३८ सहित ९२ संक्रमित थपिए


वीरगन्ज ।

पर्सामा आज थप ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये पोखरिया नगरपालिकाका मात्रै ३३ जना छन् । ३८ जना वीरगन्ज महानगरपालिकाका बासिन्दा हुन् ।

एक नगरपालिकाका मेयरसहित उनको परिवारका ८ जना पनि संक्रमित भएका छन् । यस्तै स्वास्थ्यकर्मीमा पनि संक्रमण देखिएको छ ।

२६ साउनमा पर्साको पोखरिया नगरपालिकाकाका ३४ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएकोमा ३३ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ। पोखरिया अस्पतालमा कार्यरत ४ डाक्टर र ३ नर्स पनि संक्रमित भेटिएका छन् ।

पर्साको वीरगंज पछिल्ला दिनहरुमा कोरोना संक्रमणको केन्द्र नै बनेको छ । यहाँ हालसम्म करिव १३ सय संक्रमित देखिएका छन् भने २२ जनाको मृत्यु भइसकेको छ ।

Logo