यी हुन्, त्रिशुलीले खाएका ६ चर्चितहरू (भिडियो रिपोर्ट)

काठमाडौं । नेपालमा सडक दुर्घटनाका कारण वर्षेनी हजारौंले ज्यान गुमाउँछन् । त्यो भन्दा कयौं गुणा बढी मानिस घाइते हुन्छन् । २०७५-७६ मा मात्रै ८ हजार ९ सय ११ वटा सवारी दुर्घटना भए । जसमा ३ सय १७ गम्भीर प्रकृतिको दुर्घटना र ५ हजार ९ सय १३ वटा सामान्य प्रकृतिको दुर्घटना भएका छन् । जसमा परी २ सय ५४ जनाले ज्यान गुमाए ।

सडक दुर्घटनाको आँकडा हेर्दा सबैभन्दा बढी पृथ्वी राजमार्गको धादिङ चितवन सडक खण्डमा हुन्छ । पछिल्लो वर्षमा मात्र यहाँ १ सय १६ जनाले सडक दुर्घटनामा ज्यान गुमाए ।

सडक दुर्घटनाको रेड जोन मानिने पृथ्वी राजमार्ग अन्तर्गतको नौबिसे–मुग्लिन सडक खण्डमा मात्र सडक दुर्घटनामा परी २०७३/७४ सालमा ९२ जना, २०७४/७५ सालमा १२० जना, २०७५/७६ सालमा ८६ जनाको ज्यान गएको छ । यस वर्षको सुरुको ३ महिनामा मात्र त्रिशूलीमा १४ जनाको मृत्यु भएको छ ।

यसरी हेर्दा विगत चार वर्षमा नौबिसे–मुग्लीन सडक खण्डमा सवारी दुर्घटनामा परी ३ सय २० जनाले ज्यान गुमाएको देखिन्छ । सडक दुर्घटनामा परी ज्यान गुमाउनेमा सर्वसाधारणलेदेखि कलाकार, नेता, व्यापारी, प्राध्यापक, प्रशासकसम्म छन् ।

त्रिशूली नदीले धेरै जना विशिष्ट व्यक्तिलाई पनि निलेको छ । मदन भण्डारीदेखि पूर्वगृहमन्त्री तथा मूख्यसचिव माधव प्रसाद घिमिरेसम्म त्यही त्रिशूलीमा ज्यान गुमाउन पुगे । थप तलको भिडियो रिपोर्टमा: