अफगानिस्तानकाे बदख्सान प्रान्तमा ३८ विद्रोही मारिए

अफगानिस्तानकाे बदख्सान प्रान्तमा ३८ विद्रोही मारिए


अफगानिस्तानको उत्तरी बदख्सान प्रान्तमा हालै गरेको सुरक्षा कारबाहीमा परी ३८ विद्रोही मारिएका छन् । यस कारबाहीमा अन्य ७८ जना पक्राउ परेका सूचना र संस्कृति विभागका प्रान्तीय प्रमुख कारी माजुद्दिन अहमदीले सोमबार बताएका छन्। 

गत एक हप्तामा शिवा, अर्घंज ख्वा र राघ जिल्लामा सुरक्षा कारबाहीको क्रममा ३८ सशस्त्र विद्रोही मारिएका र ७८ जना पक्राउ परेका अहमदीले पत्रकारहरुलाई जानकारी दिएका छन् । 

उक्त कारबाहीमा सुरक्षाबलका तीन सदस्यको मृत्यु भएको र पाँच जना घाइते भएका अधिकारीले जानकारी दिएका छन् । यसैबीच विद्रोहीका दुई कमाण्डर बाहरुदिन र अब्दुल हमिद मारिएका राज्य सञ्चालित बख्तर समाचार समिति जनाएको छ । -सिन्ह्वा

Logo