जन्तेढुंगा गाउँपालिकाका पूर्वअध्यक्ष राईको निधन

जन्तेढुंगा गाउँपालिकाका पूर्वअध्यक्ष राईको निधन


सडक दुर्घटनामा गम्भीर घाइते भएका खोटाङको जन्तेढुंगा गाउँपालिकाका पूर्वअध्यक्ष शंकरबहादुर राईको निधन भएको छ ।

मोटरसाइकलको पछाडि बसेर इटहरीबाट विराटनगरतर्फ जाने क्रममा गत २ भदौमा हलगडा चोकमा पछाडिबाट आएको बा२क ५३२५ नम्बरको माइक्रो भ्यानले ठक्कर दिँदा गम्भीर घाइते भएका राईको सोमबार निधन भएको हो।

उनी एमाले खोटाङका सचिवालय सदस्य पनि रहेका थिए ।

Logo