बंगलादेशमा आँधीका कारण ७ जनाको मृत्यु

बंगलादेशमा आँधीका कारण ७ जनाको मृत्यु


बंगलादेशमा आँधीका कारण कम्तीमा ७ जनाको मृत्यु भएको छ । 

चक्रवात सित्राङका कारण  इँटाको रेलिङ र रूखहरू भत्किँदा एकै परिवारका तीन सदस्यसहित कम्तीमा ७ जनाको मृत्यु भएको छ । हताहतपछि दमकल तथा सिभिल डिफेन्सको अनुगमन कक्षलाई सक्रिय बनाइएको थियो । राजधानी ढाका, कुमिल्ला दौलतखानको नागलकोट र भोलाको चारफेसन र नराइलको लोहागरामा आँधीबेहरीले भारी वर्षा र विनाशकारी हुरी ल्याएको छ । कक्स बजार तटबाट हजारौँ मानिस र पशुधनलाई सुरक्षित क्षेत्रमा लगिएको छ ।

आँधीको त्रासका कारण कम्तिमा २८ हजार १५५ मानिस र २ हजार ७३६ गाईवस्तुलाई सोमबार साँझ ६ बजेसम्म कक्सबजार तटबाट सुरक्षित क्षेत्रमा लगिएको हो ।

Logo