भारतीय जीपको ठक्करबाट श्रीमान श्रीमतीको मृत्यु
File Photo

बुटवल । भारतीय नम्बर प्लेट जीपको ठक्करबाट एक दम्पत्तिको ज्यान गएको छ । बुटवल–भैरहवा सडक खण्डको अञ्चलपुरमा यूपी १४ सीबी ००११ नम्बरको भारतीय जीपले ठक्कर दिँदा मोटरसाइकलमा सवार श्रीमान श्रीमतीको ज्यान गएको हो ।

दुर्घटनामा परी ज्यान गुमाउनेमा रुपन्देहीको ओमसतिया गाउँपालिका ३ लालपुरका ५८ वर्षका प्रेमजित थारु र उनकी श्रीमती ५६ वर्षीया बासमती थारु रहेका छन् ।

भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको लु २४ प २८३५ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ आउँदै भारतीय जीपले ठक्कर दिएको थियो । मोटरसाइकललाई ठक्कर दिएर भागेको जीप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।