स्याङ्जामा जीप दुर्घटना, ३ जनाको घटनास्थलमै मृत्यु, २२ घाइते
तस्बिरः नेपाल समाचारपत्र

स्याङ्जा । स्याङ्जामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । स्याङ्जास्थित गल्याङमा पाल्पाको हुँगीबाट गल्याङ जाँदै गरेको लु १ ज ३८४१ नम्बरको जीप दुर्घटना हुँदा दुई वर्षीया बालिका सहित तीन जनाको मृत्यु भएको हो ।

दुई वर्षीया बालिका कञ्चन परियारको मात्र पहिचान खुलेको छ भने दुई जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । जीपमा २३ यात्रु सवार थिए।

घाइते १४ जनाको पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा र ५ जनाको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सामान्य घाइते एकको स्याङ्जास्थित सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले जानकारी दिए । जीप चालकका भाइ सुदिप दर्जीले चलाएका कारण दुर्घटना भएको निरौलाको भनाई छ । क्षमता भन्दा बढी यात्रु राख्दा जीप अनियन्त्रित भई ४ सय मिटर तल खसेको छ छ ।