विकास निर्माणमा रुची नभएकालाई निर्वाचनमार्फत सजाय दिनुपर्छ : कुन्ती पोखरेल

विकास निर्माणमा रुची नभएकालाई निर्वाचनमार्फत सजाय दिनुपर्छ : कुन्ती पोखरेल


काठमाडौं २ मा राप्रपाबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेकी कुन्ती पोखरेलले जनताको मत पाएर जितेपछि जनताको दैलोमा नफिर्कने र विकास निर्माणमा रुची नभएकालाई निर्वाचनमार्फत सजाय दिनु पर्ने बताएकी छन् । 

उनले शंखरापुरमा आयोजित दीपावली र छठ पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा मतदातासँग अन्तक्रिया कार्यक्रममा सम्बोधन गर्दै सरकारले पाँच वर्षमा गर्न नसकेका धेरै काम शंखरापुर नगरपालिकाले ६ महिनामा गरेर देखाएको बताइन् । ‘राप्रपाले शंखरापुर नगरपालिका जित्दा त अघिल्ला प्रतिनिधिले पाँच वर्षमा गर्न नसकेका धेरै काम ६ महिनामा गरिसकेको छ भने अब प्रतिनिधि सभा र प्रदेश सभामा हामी पनि जितेर आयौं भने बल्ल यो ठाउँ बन्नेछ,’ उनले भनिन् । 

उनले जनताको दुःख सुखमा साथ दिने उम्मेदवारलाई रोज्न मतदातालाई आग्रह गरेकी छिन् ।  

Logo