प्रधानमन्त्री फिर्ता बोलाऊँः गगन थापा, विरामी जो पनि हुन्छनः नेकपा (भिडियोमा)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाई लिएर संसदमा जुहारी चलेको छ । प्रतिपक्ष दल नेपाली कांग्रेस र सत्तारुढ दल नेकपा सांसदहरूबीच जुहारी नै चलेको हो ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसद गगन थापाले विरामी प्रधानमन्त्रीलाई फिर्ता बोलाएर स्वस्थ प्रधानमन्त्री पठाउन नेकपालाई आग्रह गरे ।

विरामी भएर दुई/तीन महिनामा १०-१५ दिन विदेशमै बस्दा देशको कुटनीतिक अवस्था, शान्ति सुरक्षा लगायत सरकारका काम कारवाही बाधा पुगेको दाबी गरे । नेकपा युवा सांसदहरूलाई आग्रह गर्दै थापाले विरामी प्रधानमन्त्रीलाई फिर्ता गराएर घरमै आराम गर्ने व्यवस्था मिलाउन आग्रह गरे ।

थापाको भनाईका प्रतिवाद गर्दै नेकपा सांसदहरूले जो कोही पनि विरामी पर्ने भन्दै विरामी प्रधानमन्त्रीको बचाऊँ गरे । नेकपा सांसद सूर्य प्रसाद पाठकले केही सांसदले प्रधानमन्त्रीको स्वास्थ्यभित्र आफ्ना दलको अस्तित्व खोजेको आरोप लगाए । सांसद पाठकले प्रधानमन्त्रीको स्वास्थ्यभित्र आफ्नो दलको अस्तित्व नखोज्न थापालाई चेतावनी दिए । थप तलको भिडियोमाः