टी–२० विश्वकपः आज दुई खेल हुँदै

टी–२० विश्वकपः आज दुई खेल हुँदै


आईसिसी टी–२० विश्वकपअन्तर्गत बुधबार दुई खेल हुँदैछन् । 

सुपर–१२ को समूह एक को फरक खेलमा आयरल्यान्ड र इंग्ल्यान्ड तथा न्युजिल्यान्ड र अफगानिस्तान भिड्दैछन् । विहान पौने १० बजे सुरु भएको आयरल्यान्ड र इंग्ल्यान्ड बिचको खेल अहिले मेलवर्नमा भइरहेको छ 
। आयरल्यान्ड पहिलो जितको खोजीमा रहँदा इंग्ल्यान्ड लगातार दोस्रो जित निकाल्न चाहन्छ । 

दिउसो पौने २ बजे न्युजिल्यान्ड र अफगानिस्तानबीच समेत मेलवर्नमै खेल हुनेछ । यस खेलमा जित निकाल्दै न्युजिल्यान्ड शीर्षस्थान बलियो बनाउने योजनामा रहेको छ भने आफगानिस्तान भने पहिलो जितको खोजीमा हुनेछ । समूह एक मा न्युजिल्यान्ड, इंग्ल्यान्ड, श्रीलंका र अस्टे्रलियाको सामना दुई दुई अंक छ भने अफगानिस्तान र आयरल्यान्ड अंक बिहिन छन् । 

Logo