यी पाका नेता, जसलाई अझै छ सत्ताको लोभ

यी पाका नेता, जसलाई अझै छ सत्ताको लोभ


आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि धेरै नेता दोहोरिएका छन् । राजनीतिबाट सन्यास लिनु पर्ने उमेरमा पनि उनीहरु मंसिर चारको निर्वाचनमा मैदानमा छन् । निर्वाचन आयोगको तथ्याङ्कका आधारमा यो अंकमा हामीले ८० वर्षमाथिका उम्मेदवारबारे जानकारी दिने प्रयास गरेका छौं । 

टीकादत्त पोखरेल
आईतबार भएको मनोनयनमा गोरखा क्षेत्र नम्बर २ मा ९९ वर्षका टीकादत्त पोखरेलले आफ्नो उम्मेद्वारी दिएका छन् । उनले कांग्रेस (बिपी)बाट उम्मेदवारी दिएका हुन । निर्वाचन आयोगको तथ्याङ्कअनुसार, नेपाली निर्वाचन इतिहासमा पोखरेल सबैभन्दा बढी उमेरका उम्मेद्वार हुन् । 

युवराम गौतम
८७ वर्षका युवराम गौतमले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवारी दिएका छन् । उनले तेह्रथुमबाट आफ्नो उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् । 

महिन्द्राराय यादव
यस्तै नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको एकल चुनाव चिन्हबाट निर्वाचन लड्ने महिन्द्रा राय यादव ८५ वर्षका हुन् । उनी सर्लाही–२ बाट उम्मेदवार बनेका छन् ।

विष्णुप्रसाद ढकाल
८५ वर्षका विष्णुप्रसाद ढकालले पनि मंसिर चारका लागि उम्मेद्वारी दर्ता गराएका छन् । उनले काडमाडौं–६ बाट स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

पशुपतिनाथ तिमिल्सिना
८४ वर्षका पशुपतिनाथ तिमिल्सिनाले पनि आफ्नो उम्मेद्वारी दिएका छन् । उनले कास्की–३ बाट स्वतन्त्रतर्फ आफ्नो उम्मेदवार मनोनयन गरेका हुन् ।

कर्णसिंह रावल
८४ कै कर्णसिंह रावल डडेलधुराबाट स्वतन्त्र उम्मेदवार हुन् । 

कृष्णराज गिरी
८१ वर्षका कृष्णराज गिरीले बारा–१ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन । 

महन्थ ठाकुर 
महोत्तरी–३ बाट उम्मेदवारी दिएका लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरको उमेर ८० वर्ष छ । नेपाली कांग्रेसको समर्थन पाएका उनी चुनाव जित्नेमा विश्वस्त छन् । 

चित्रबहादुर केसी
८० वर्षका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्ता गठबन्धनका तर्फबाट बाग्लुङ–१ बाट उम्मेदवार दिएका छन् । 

हृदयनारायण प्रसाद बरै
पर्सा–१ बाट स्वतन्त्र उम्मेदवारीदिएका हृदयनारायण प्रसाद बरैको पनि ८० वर्षका छन् । 

टिकाराम शाही
राप्रपाका ७९ वर्षका नेता टिकाराम शाहीले संखुवासभा १ बाट उम्मेदवारी दिएका छन् । 

केशबहादुर थापा 
कपिलवस्तु ३ बाट उम्मेद्वारी दिएका केशबहादुर थापा पनि ७९ वर्षका छन् । उनी मंगोल नेशनल अर्गनाइजेशनबाट उम्मेदवार बनेका हुन् । 

महिन्द्र साह तेली
राप्रपाका ७८ वर्षिय नेता महिन्द्र साह तेलीले रौतहट २ बाट उम्मेदवारी दिएका छन् । 

हेतुला मियाँ मन्सरी
७८ वर्षका हेतुला मियाँ मन्सरीले पर्सा ४ मा स्वतन्त्र उम्मेदवारी दिएका छन् । 

तारानाथ सुवेदी
कास्कि २ बाट स्वतन्त्र उम्मेदवारी दिएका तारानाथ सुवेदी ७८ वर्षका हुन् । 

रामचन्द्र पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ १ बाट उम्मेदवारी दिएका छन् । उनी ७८ वर्षका छन् । 

सूर्यबहादुर थापा
मंगोल नेशनल अर्गनाइजेशनका सूर्यबहादुर थापाले कपिलवस्तु २ बाट उम्मेदवारी दिएका छन् । उनी ७७ वर्षका हुन् । 

मंगलप्रसाद गुप्ता
७७ वर्षका नेकपा एमालेका नेता मंगलप्रसाद गुप्ताले कपिलवस्तु ३ बाट उम्मेदवारी दिएका छन् । 

शेरबहादुर देउवा 
प्रधानमन्त्री शेरबहादुर देउवाले डडेलधुरा १ बाट उम्मेदवारी दिएका छन् । ७७ वर्षका देउवाको यो उम्मेद्वारी सातौं पटक हो । 

कृष्ण राई
७५ वर्षका कृष्ण राईले मोरङ ३ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् ।  

ह्रिराम दास
सिरहा १ बाट राप्रपाका ७५ वर्षीय नेता हरिराम दासले उम्मेदवारी दिएका छन् । 

लक्ष्मणलाल कर्ण
पर्सा १ बाट लक्ष्मणलाल कर्णले उम्मेदवारी दिएका छन् । जसपाका उनी ७५ वर्षका हुन्। 

जालिम मियाँ मन्सुरी
पर्सा ४ बाट नेकपा एमालेका ७५ वर्षका जालिम मियाँ मन्सुरीले उम्मेदवारी दिएका छन् । 

अर्जुननर सिंह केसी
नेपाली कांगे्रसका ७५ वर्षका नेता अर्जुननरसिंह केसीले नुवाकोट २ बाट उम्मेदवारी दिएका छन् । 

युवराज शर्मा आचार्य
नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादि लेनिनवादी)का युवराज शर्मा आचार्य कपिलबस्तु १ बाट चुनावमा प्रतिस्पर्धा गर्दैछन् । उनी पनि ७५ वर्षकै हुन् । 

रेवतबहादुर थापा
राप्रपाका ७६ वर्षीय रेवतबहादुर थापाले मोरङ ५ बाट उम्मेदवारी दिएका छन् । 

भवनाथ शर्मा घिमिरे 
रौतहाट ४ मा  ७६ वर्षका भवनाथ घिमिरेको स्वतन्त्र उम्मेदवारी परेको छ । 

लालगोपाल अर्याल
लालगोपाल अर्यालले स्याङजा २ बाट उम्मेदवारी दिएका छन् । राप्रपाका अर्याल  ७६ वर्षका हुन् । 

जसबहादुर योङहाङ
जसबहादुर योङहाङले पाँचथर १ बाट उम्मेदवारी दिएका छन् । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उनी ७४ वर्षका हुन्। 

गोकलप्रसाद पोखरेल
मोरङ ४ बाट ७४ वर्षको गोकलप्रसाद पोखरेलले स्वतन्त्र उम्मेदवारी दिएका छन् । 

नारायाण चौधरी
सिरहा १ बाट पदमनारायाण चौधरीले उम्मेदवारी दिएका छन । नेपाली कांगे्रसका चौधरी ७४ वर्षका हुन् । 

खेदु महतो धानुक
नेपाल सद्भावना पार्टीका ७४ वर्षीय खेदु महतो धानुकले बारा ४ बाट उम्मेदवारी दिएका छन् । 

विष्णुप्रसाद चौधरी कुर्मी
७४ वर्षका विष्णुप्रसाद चौधरी कुर्मीले रुपन्देही १ बाट स्वतन्त्रतर्फ उम्मेदवार दिएका छन् ।  

खलुप्रसाद थारु 
नेपाल कम्युनिष्ट पार्टी (पुष्पलाल)का ७४ वर्षका खलुप्रसाद थारुले बाँके २ बाट उम्मेदवारी दिएका छन् । 

डा.नारायाण खड्का
नेपाली काँगे्रसका ७३ वर्षका नेता डा.नारायाण खड्काले उदयपुर १ बाट उम्मेदवारी दिएका छन् । 

नवलकिसोर साह सुडी
जसपाबाट सप्तरी १ मा ७३ वर्षिय नवलकिसोर शाह सुडिको उम्मेदवारी परेको छ । 

चिरजिवी लाल देव
चिरञ्जिवीलाल देवले सप्तरी २ बाट उम्मेदवारी दिएका छन् । ७३ वर्षका उनी नेपाली कांग्रेस (बिपी)का हुन् । 

शंकरलाल चौधरी
७३ वर्षका सप्तरी ४ बाट शंकरलाल चौधरीले स्वतन्त्र उम्मेदवारी दिएका छन्। 

आनन्द यादव
७३ वर्षका जसपाका नेता आनन्द यादवले धनुषा २ बाट उम्मेदवारी दिएका छन् । 

लक्ष्मणसिंह खड्का
काठमाडौं ९ बाट लक्ष्मणसिंह खड्काले स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनी पनि ७३ वर्षका हुन । 

जगदिस अर्याल
७३ वर्षका जगदिश अर्यालले चितवान २ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् । 

गोविन्दराज जोशी
७३ वर्ष गोविन्दराज जोशीले स्वतन्त्रतर्फ तनहुँ १ बाट उम्मेदवारी दिएका छन् ।  

मानबहादुर विश्वकर्मा 
मुस्ताङ १ बाट राप्रपाका ७३ वर्षिय मानबहादुर विश्वकर्माले उम्मेदवारी दिएका छन्। 

लिलौ दर्जि
बाँके २ बाट जसपाका ७३ वर्षका लिलौ दर्जिले उम्मेदवारी दिएका छन् । 

दुर्गाबहादुर घिमिरे
बाँके ३ बाट ७३ वर्षका नेपाली काँगे्रसका (बिपी) दुर्गाबहादुर घिमिरेले उम्मेदवारी दिएका छन् । 

धुर्वबहादुर प्रधान
नवलपरासि २ बाट राप्रपाका धुर्वबहादुर प्रधानले उम्मेदवारी दिएका छन् । उनी पनि ७३ वर्षकै हुन् । 

झलनाथ खनाल
७२ वर्षका नेकपा एकिकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले इलाम १ बाट उम्मेदवारी दिएका छन् ।

कुष्णप्रसाद सिटौला
नेपाली कांगे्रसका नेता कृष्णप्रसाद सिटौलाले झापा क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएका छन् । उनको पनि उमेर ७२ वर्ष हो । 

डा.शेखर कोइराला
७२ वर्षकै नेपाली कांगे्रसका नेता डा.शेखर कोइरालाले मोरङ ६बाट चुनाव लड्दै छन् । 

शुकदेवप्रसाद शाह
सप्तरी ४ बाट जनमत पार्टीका शुकदेवप्रसाद शाहले उम्मेदवारी दिएका छन् । उनको उमेर ७२ वर्ष हो । 

विष्णुप्रसाद आर्चाय
काठमाडौ ६ बाट राप्रपाका ७२ वर्षका विष्णुप्रसाद आचार्यले उम्मेदवारी दिएका छन् । 

वलवहादुर थापा
राष्ट्रिय जनमुक्ति पार्टीका ७२ वर्षका नेता वलवहादुर थापाले पर्वत १ बाट उम्मेदवारी दिएका छन् । 

सर्वेन्दनाथ शुक्ला
लोकतान्त्रिक समाजवादी पार्टिका ७२ वर्षका नेता सर्वेन्दनाथ शुक्लाले रुपन्देही ४ बाट उम्मेदवारी दिएका छन् । 

भिमचन्द्र हमाल
मुगु १ बाट स्वतन्त्रबाट७२ वर्षका भिमचन्द्र हमालले उम्मेदवारी दिएका छन् । 

सहिदमुद्धिन मिया
७१ वर्षका सहिदमुद्धिन मियाँले सुनसरी क्षेत्र नम्बर ३ बाट स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् ।

जगन्नाथ पौडेल
चितवान ३बाट ७१ वर्षका जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी दिएका छन् । 

चिरञ्जिवी पौडेल
चिरन्जिवि पौडेलले स्याङजा  २ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनी ७१ वर्षका उम्मेदवार हुन् । 

डा.मोहिनीलाल भुसाल
नवलपरासी १ बाट ७१ वर्षका राप्रपाका डा.मोहिनीलाल भुसालले उम्मेदवारी दिएका छन् ।

दिपक बोहोरा
दीपक बोहोराले रुपन्देही ३ बाट उम्मेदवारी दिएका छन् । ७१ वर्षका बोहोरा राप्रपाका नेता हुन । 

केशवबहादुर चन्द
बैतडी १ बाट स्वतन्त्र उम्मेदवार बनेका केशवबहादुर चन्द ७१ वर्षका भए । 

राधा थापा
७० वर्षकी राधा थापाले झापा क्षेत्र नम्बर १ बाट जनता समाजवादी पार्टीबाट उम्मेदवारी दिएकी छन् ।

विरवहादुर राई 
७० वर्षका जसपाका नेता वीरवहादुर राईले झापा क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएका छन् । 

केपि शर्मावली
एमाले अध्यक्ष केपि शर्मावलीले झापा क्षेत्र नम्बर ५ बाट उम्मेद्वारी दिएका छन् । 

कुमारबहादुर थापा
राप्रपाका ७० वर्षीय कुमारबहादुर थापाले धनकुटा १ बाट उम्मेदवारी दिएका छन् ।

विजयकुमार सिंह
तराई–मधेस लोकतात्रिक पार्टीका विजयकुमार सिंहले महोत्तरी २ बाट उम्मेदवारी दिएका छन् । उनी पनि ७० वर्षकै हुन। 

वेनीबहादुर कार्की
७० वर्षका वेनीबहादुर कार्कीले स्वतन्त्रतर्फ सर्लाही १ बाट उम्मेदवारी दिएका छन् । 

महेन्द्रप्रसाद चौधरी 
महेन्द्रप्रसाद चौधरीले रौतहट ३ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनको उमेर ७० हो । 

दिनेशकुमार झा
बारा ३ बाट स्वतन्त्रतर्फ७० वर्ष दिनेशकुमार झाले उम्मेदवारी दिएका छन् । 

विष्णुकुमार लिम्बू
ललतिपुर ३ बाट संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका ७० वर्षीय विष्णुकुमार लिम्बूले उम्मेदवारी दिएका छन् । 

गोविन्दराज जोशी
राप्रपाका ७० वर्षका नेता गोविन्दराज जोशी काभ्रेपलाञ्चोक १ बाट उम्मेदवार बनेका छन् । 

कृष्णबहादुर ठकुरी
नेपाल कम्युनिष्ट पार्टी (माक्सवादि, लेनिनवादी) काकृष्णबहादुर ठकुरीसिन्धुपाल्चोक १ का उम्मेदवार हुन । उनी ७० वर्षका छन् । 

बालचन्द्र श्रेष्ठ
राप्रपाका बालचन्द्र श्रेष्ठले लमजुङ १ बाट उम्मेदवारी दिएका छन् । उनी ७० वर्षका छन् । 

हस्तबहादुर किचिम थापा
राष्ट्रिय जनमुक्ति पार्टीका ७० वर्षका नेता हस्तबहादुर किचिम थापाले तनहुँ १ बाट उम्मेदवारी दिएका छन् । 

लेकबहादुर दमै
स्याङजा १बाट ७० वर्षका लेकबहादुर दमैले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

नरसिंह चौधरी
कपिलवस्तु ३ बाट ७० वर्षिय नरसिंह चौधरीले उम्मेद्वारी दिएका छन । उनी जनमत पार्टीका हुन् । 

शोभाराम बुढा
७० वर्षका शोभाराम बुढाले दाङ १ बाट उम्मेदवारी दिएका छन । उनी मंगोल नेशनल अर्गनाइजेशनबाट रहेका छन्। 

राजेन्द्रबहादुर शाह
सल्यान १बाट ७० वर्षका राजेन्द्रबहादुर शाहले स्वतन्त्र उम्मेदवारी दिएका छन् । 

धनबहादुर मगर
नेपाल मजदुर किसान पार्टीका धनबहादुर मगरले कैलाली १बाट उम्मेदवारी दिएका छन् । उनको पनि उमेर ७० नै हो । 

पूर्णबहादुर गुरुङ
सुनसरी २ बाट मंगोल नेशनल अर्गनाइजेशनका ७० वर्षका पुर्णबहादुर गुरुङले उम्मेदवारी दिएका छन् । 

Logo