‘मेरो एकमात्र एजेण्डा देशको विकास र समृद्धि’ -ओनसरी घर्ती

‘मेरो एकमात्र एजेण्डा देशको विकास र समृद्धि’ -ओनसरी घर्ती


नेकपा (माओवादी केन्द्र)की नेतृ ओनसरी घर्तीले आफ्नो एकमात्र एजेण्डा देशको विकास र समृद्धि भएको बताएकी छन् । 

बुधवार साल्खा महादेवस्थानमा आयोजित साँखु जेसीजको २१ औँ शंखरापुर स्मारिका विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै घर्ती देशको विकास र समृद्धि बाहेक अरु कुनै एजेण्डा आफूहरुसँग नभएको बताएकी हुन् ।  

उनले भनिन्- ‘हामी आज तपाईहरुको सामु आएका छौँ । देशको समृद्धिकै लागि हो । अरु हामीसँग एजेण्डा केही पनि छैन । यो देशको विकास बाहेक अरु छैन । हामीले भनेको जस्तो देश भएको छ्रैन होला । तर हामी क्रमशः यो देशलाई समृद्ध बनाउँछौ भनेर हामीले भन्दै आएका छौँ र विगतमा जे–जस्ता कामहरु भए ती सम्पूर्ण कामहरुलाई हामी जिम्मेवारी लिन्छौँ र अगाडी बढाउँछौ भनेर हामीले आफ्नो एजेण्डा तय गरेका छौँ । सांसदको सबभन्दा ठूलो काम के हो भने जनताको कानून बनाउने काम हो । देशको कानून बनाउने काम हो । धेरै कानूनहरु निर्माण गर्नुपर्ने बाँकी छन् । मैले कसैको पनि हक नछिनिने गरेर यहाँहरु सबैको हक, अधिकारहरु ग्यारेन्टी हुने गरेर आफुले कानून लेख्ने कुरामा सधै अग्रपंक्तिमा रहनेछु ।’
 
सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार समेत रहेकी घर्तीले आफू निर्वाचित भएमा सबै पेशा, व्यवसायका मानिसहरुको हक अधिकारहरुको सुनिश्चित हुनेगरी कानून बनाउने बताइन् ।

Skip This
Logo