#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व30708502956650740486022346992
नेपाल615933901738343820

रिचार्जरको ग्याजेट्स मेलामा ४९९ रुपैंयामै मोबाइल

मोबाइल एप रिचार्जरले विभिन्न बैंक तथा ब्राण्डसँगको सहकार्यमा ‘अहिले लिनुहोस्, पछि तिर्नुहोस्’ योजना सहित ग्याजेट्स मेला सञ्चालन गरिरहेको छ । मेलामा सस्तो मुल्यमा मोबाईल तथा ईलेक्ट्रोनिक्स ग्याजेटहरु शुन्य प्रतिशत व्याजदरमा किस्ताबन्दीमा किन्न सकिने रिचार्जरले जनाएको छ ।

मेलामा ल्याइएको विभिन्न अफरहरु प्राप्त गर्न सेवाग्राहीले एण्ड्रोइड तथा आईफोनमा रिचार्जर एप डाउनलोड गरी खाता सञ्चालन गर्नुपर्ने हुन्छ। रिचार्जर एप डाउनलोड गरी एकाउन्ट खोलेपछि प्रयोगकर्ताले तत्काल १०० क्यास प्वाइन्ट पाउने छन् । रिचार्जरबाट जतिको मोबाइल रिचार्ज गर्यो, त्यति नै त्यति नै क्यास प्वाइन्ट पाइन्छ ।  विभिन्न किसिमका सेवाहरुको बिल भुक्तान गर्द पनि २० प्रतिशतसम्मको क्यास प्वाइन्ट पाइन्छ ।

मेलामा मोबाइल, ल्यापटप, क्यामेरा, टेलिभिजन, एयर कन्डिसनर, रेफ्रिजिरेटर लगायतका उपकरणहरु शुन्य प्रतिशत व्याजदरमा घरमा बसेर अर्डर गर्न सकिने छ ।

रिचार्जरले जीप कम्पनीको हरेक गाडीको खरिदमा १ लाख क्यास प्वाइन्ट उपलब्ध गराउने भएको छ । यसका साथै रिचार्जरबाट कारोबार गर्ने मध्येबाट एक जनालाई सामसुङको ए ट्वान्टी मोबाइल प्रदान गर्ने भएको छ । यही भदौ २९ गते १६ः३० बजे रिचार्जरको फेसबुक पेजमा प्रत्यक्ष प्रशारण गरी मोबाइल विजेता घोषणा गर्ने रिचार्जरले जनाएको छ ।

ग्याजेट्स मेलामा ४९९ रुपैंयामै मोबाइल किन्न सकिने भएको छ । भदौ १९ गते बिहिबारका दिन रिचार्जर एपबाट ४९९ रुपैंयामा मोबाइल खरिद गर्न सकिने छ । बिहिबार मध्यान्ह १२ बजेदेखि सुरु हुने अफर ४ घण्टासम्म चल्नेछ । ४ घण्टा अवधिका लागि १० हजार थान मोबाइल बिक्री हुने अपेक्षा गरिएको रिचार्जरका प्रमुख कार्यकारी अधिकृत निराजन सिंहले जानकारी दिए ।

साथै एनआईसी एशिया बैंकसँगको सहकार्यमा रिचार्जरले वान प्लस सेभेन मोबाईल बुकिङ गर्दा १० प्रतिशतसम्मको क्यास व्याक दिने योजना पनि रिचार्जरले ल्याएको छ । योजना अनुसार एनआईसी एशिया बैंकको मोबाइल बैंकिङबाट वान प्लस सेभेन मोबाइलको रकम भुक्तान गर्दा १० प्रतिशत रकम ४८ घण्टा भित्रमा सेवाग्राहीको बैंक खातामा नगद फिर्ता हुने एनआईसी एशिया बैंकले जनाएको छ ।

अन्य फोन पे एपहरुबाट उक्त मोबाइलको रकम भुक्तान गर्दा ५ प्रतिशत रकम तत्काल बैंक खातामा फिर्ता हुने रिचार्जरले जनाएको छ ।  साथै रिचार्जरबाट सामसुङ नोट १० र नोट १० प्लस मोबाइल शुन्य प्रतिशत व्याजदरमा किस्ताबन्दीमा किन्न सकिन्छ ।

भदौ ११ गतेदेखि चलिरहेको मेलामा अफरभित्र अफर अन्तरगत सेवाग्राहीले विभिन्न सरप्राईज गिफ्ट ह्याम्परहरु पनि पाउने रिचार्जरले जनाएको छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार