भोलि बिहान ५ बजेदेखि बालगोपालेश्वर मन्दिर खुला

भोलि बिहान ५ बजेदेखि बालगोपालेश्वर मन्दिर खुला


काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर भोलि बिहानैदेखि खुला हुने भएको छ ।

दिदीबहिनी नहुनेका लािग भाइटीकाको दिन बिहान ५ बजेदेखि मन्दिर खुल्ने व्यवस्था मिलाइएको काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक भाइटीकाको दिन मात्रै खुल्ने गर्दछ । दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् ।

बालगोपालेश्वर मन्दिर दिनभर नै खुला हुनेछ ।

सर्वसाधारणले बिहानदेखि नै मन्दिरको दर्शन गर्न सक्नेछन् । मन्दिर दर्शनको चाँजोपाँजो काठमाडौँ महानगरको वातावरण विभागले गरेको प्रवक्ता मानन्धरले जानकारी दिए ।  

Logo