तत्कालिन एमाले सभासद् पक्राउ

काठमाडौं । तत्कालिन नेकपा एमाले सभासद् रहेका डिबी भनिने डोलबहादुर कार्की पक्राउ गरेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) को टोलीले उनलाई काठमाडौंबाट पक्राउ गरेको हो ।

अदालतको फैसला कार्यान्वय गर्न नियन्त्रणमा लिइएको ब्युरोका एसपी दीपक रेग्मीले जानकारी दिए । लमजुङबाट एमाले समानुपातिक सभासद् भएको बेला प्रहरी निरिक्षक बनाइदिने भन्दै घुस लिएको अभियोगमा कार्कीलाई पक्राउ गरेको थियो।

गत असारमा सर्वोच्व अदालतले दोषी ठहर गर्दै जेल सजाय तोकेको थियो । उक्त फैसलापछि फरार रहेका कार्कीलाई पक्राउ गरी फैसला कार्यान्वयको लागि बुझाईने सिआइबीले जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीको विशेष टोलीले एक लाख रुपैंया घुस लिदै गर्दा कार्की र उनका सहयोगी ‘स्वामी एक हजार आठ’ ब्रहमानन्द उदासिनलाई भिमसेनगोलास्थित डेराबाट पक्राउ गरेको थियो । इन्सपेक्टरका लागि पाँच लाख आवश्यक पर्ने भन्दै उनले एक लाख बैनाबापत लिएका थिए ।

कार्कीले प्रहरी भर्नाका क्रममा जागिर लगाइदिने भन्दै एक दर्जन बढी सर्वसाधारणसँग रकम लिएका थिए । त्यससम्बन्धि उजुरीका आधारमा प्रहरीले उच्च निगरानीमा राखेको थियो ।