टिसिएलले ल्यायो ‘बडा अफर थाइल्यान्डको सफर’ योजना

टिसिएलले चाडपर्वलाई लक्षित गरी ‘बडा अफर थाइल्यान्डको सफर’ योजना ल्याएको छ ।

यस योजनामा टिसिएल ब्राण्डका उत्पादनहरु जस्तै एलइडि टिभि, चेष्ट फ्रिजर, एअर कन्डिस्नर, वाटर डिस्पेन्सर र वासिङ्ग मेसिनको खरिदमा नगद छुटका साथ भाग्यशाली ग्राहकहरुले लक्की ड्र मार्फत थाइल्याण्ड प्याकेज जित्ने सुर्वण अवसर प्राप्त गर्नेछन् ।

यो योजना नेपाल अधिराज्यभरमा रहेको टिसिएल आउट्लेटहरुमा उपलव्ध छ । यो ग्राहक योजना नेपाल अधिराज्यभर भाद्र १९ देखि सिमित अवधिको लागि मात्र लागु हुने कम्पनीले जनाएको छ ।