यस्तो रह्यो सेलिब्रेटीको भाइटीका

यस्तो रह्यो सेलिब्रेटीको भाइटीका


यतिबेला रेखा थापा चुनावी चटारोमा छिन् । सभा-सम्मेलन, घरदैलो कार्यक्रम र निरन्तरजसो सर्वसाधरणसँगको उठबसमा व्यस्त रहिन् उनी । यसैबीच तिहारमा भने उनले विश्राम लिइन् र धुमधामसाथ यो पर्व मनाइन् ।

अतः कहिले देउसी भैलो समूहसँग मिसिएर रमाइलो गर्न भ्याइन् भने कहिले आफ्नै परिवारको जमघटमा । भर्खरै मात्र रेखाले भाइटीकाको फोटो सार्वजनिक गरेकी छिन् । ‘ह्याप्पी टीका’ क्याप्सनसहित रेखाले आफ्ना दाजुभाइ-दिदीबहिनीसँगको फोटो साझेदार गरेकी हुन् ।

अभिनेता दयाहाङ राई चलचित्रकै चटारोमा छन् । यतिबेला हलमा उनी अभिनित चलचित्र प्रदर्शन पनि भइरहेको छ, के घर के डेरा । चलचित्रले राम्रै व्यपार गरिरहेको बताइन्छ । रामबाबु गुरुङको फिल्म ‘फूलबारी’मा पनि दयाहाङ व्यस्त छन् । यही व्यस्तताबीच उनले केही थान फोटो साझेदार गरेका छन्, जसमा उनका छोरो र चेलिबेटीले भाइटीका लगाइदिदै गरेको देखिन्छ । उनले लेखेका छन्, ‘छोराको भाइटीका ।’ 

‘भाइटीका २०७९’ लेख्दै निर्देशक प्रदीप भट्टराईले पनि फेसबुक पेजमा सयपत्री फूल र सप्तरंगी टीकासहितको फोटो साझेदार गरेका छन् । एकल पिताको दुखान्तमा बुनिएको कथा लिएर उनी भोलिदेखि देशभरको सिनेमा ‘महापुरुष’ घरमा पुग्दैछन् ।

 दुई दिनअघि गायक प्रमोद खरेलले आफ्नो घर आँगनमा बनाइएको रंगोली अघिल्तिर बसेर ‘शुभ तिहार, लक्ष्मी माताले तपाई हामी सबैको कल्याण गरुन्’ लेख्दै फेसबुकमा फोटो साझेदार गरेका थिए । हालै मात्र उनले आफ्ना चेलीसँग भाइटीका मनाइरहेको फोटो फेसबुकमा राखेका छन् ।

यसैगरी अभिनेता तथा निर्माता दीपकराज गिरीले पनि धुमधामसाथ भाइटीका मनाएका छन् । आफ्ना दाजुभाइ र चेलीबेटीसँग भाइटीका मनाइरहेको केही थान फोटो राख्दै दीपकले संक्षिप्तमा लेखेका छन्, ‘सप्तरंगी टीका’ 

 

Logo