कैलालीमा कारको ठक्करबाट घाइते भएका मोटरसाइकल चालकको मृत्यु

कैलालीमा कारको ठक्करबाट घाइते भएका मोटरसाइकल चालकको मृत्यु


कैलालीमा कारको ठक्करबाट घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ ।

बिहीबार जिल्लाको गौरीगंगा नगरपालिका–३ कुचैनीमा बा १२ च २११४ नम्बरको कारले सुपप्र ०१ ००८ प ५७५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक गोदावरी नगरपालिका–२ तेघरीका ३३ वर्षीय शेरबहादुर पुनमगरमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी ल्याइएका उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए । कार चालक ३३ वर्षीय युसुभ श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

Logo